नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार


२४ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार सरकारले आगमा पुस १६ अर्थात् जनवरी १ तारिकका दिन काठमाडौंको दरशथ रंगशालामा विशेष समारोहको आयोजना गर्न लागेका हो ।

सो समारोहबाटै नेपाल भ्रमणवर्ष २०२० को औपचारिक सुरुवात गरिने छ । कार्यक्रममा सहभागिता जनाउन सबै सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिसकिएको छ । यस्तै विभिन्न जातजाति, भाषाभाषी, धर्म र संम्प्रदायको सांस्कृतिक झाँकी तथा प्रस्तुती पनि कार्यक्रममा रहने छन् । सो कार्यक्रमम १० लाख जनाको उपस्थिति गराउने महत्वकांक्षी लक्ष्य सरकारले राखेको छ ।

क्यालेण्डर नै बनाएर नेपाल भ्रमण वर्ष भित्रै थप ३० मुख्य पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने लक्ष्यसमेत राखेको नेपाल भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठको भनाई छ । सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सन् २०२० मा सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्या-उने तयारी गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी...

‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त ‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न...

‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी ‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

२०७७ भाद्र ९ गते मंगलबार

२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै...

युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’ युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...

Top