Best Khabar Team | २०७६ असार १ गते आइतबार
१६ जुन, २०१९
काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले गुठी विधेयक आएको भन्दै विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी संघले २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभ ागर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशनजंग बस्नेतले जनाएको छ ।
यसैगरी, १० गते गुठी विधेयकविरद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिए । समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने बताए ।
विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए ।
हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले हिन्दु धर्मविरुद्ध नियोजित रुपमा आक्रमण हुँदै आएको बताए । स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए ।
कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन भनिन् । देशमा भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने बताइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पूर्वसभामुख महरा थुनामुक्त
२०७६ फाल्गुन ५ गते सोमबार
१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...
भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको...
डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...
Top