गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा

Best Khabar Team | २०७६ असार १ गते आइतबार


१६ जुन, २०१९
काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले गुठी विधेयक आएको भन्दै विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी संघले २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभ ागर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशनजंग बस्नेतले जनाएको छ ।

यसैगरी, १० गते गुठी विधेयकविरद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिए । समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने बताए ।
विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए ।

हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले हिन्दु धर्मविरुद्ध नियोजित रुपमा आक्रमण हुँदै आएको बताए । स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए ।

कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन भनिन् । देशमा भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने बताइन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘लकडाउन’  कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी ‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को...

उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...

करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...

Top