Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको छ । गत चैत्र ५ गतेदेखि शुरुभएको लकडाउनको समयावधि सकिन ३० घण्टाभन्दा कम समय बाँकी रहेका बेला आज पाँचौपटक थप गरी आगामी बैशाख २५ गतेसम्मका लागि कायम गरिएको हो । आज साँझ बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय भएको जनाएको छ ।

यद्यपि लकडाउनका बेला पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधन तथा पसलहरु निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न सकिने सरकारको भनाई छ । सरकारले लकडाउनकै कारण नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिन नपाएको निष्कर्षसहित लकडाउन थप्ने निर्णय गरेको हो ।
आज मात्रै झापामा १ जना कोरोना संक्रमित थपिएको र भारतले पनि नाकाबन्दी तथा लकडाउन कायमै राखेका कारण नेपालले पनि लकडाउनको समयावधी लम्ब्याउने निर्णय गरेको सरकारी स्रोतको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...
७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...
Top