Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको छ । गत चैत्र ५ गतेदेखि शुरुभएको लकडाउनको समयावधि सकिन ३० घण्टाभन्दा कम समय बाँकी रहेका बेला आज पाँचौपटक थप गरी आगामी बैशाख २५ गतेसम्मका लागि कायम गरिएको हो । आज साँझ बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय भएको जनाएको छ ।

यद्यपि लकडाउनका बेला पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधन तथा पसलहरु निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न सकिने सरकारको भनाई छ । सरकारले लकडाउनकै कारण नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिन नपाएको निष्कर्षसहित लकडाउन थप्ने निर्णय गरेको हो ।
आज मात्रै झापामा १ जना कोरोना संक्रमित थपिएको र भारतले पनि नाकाबन्दी तथा लकडाउन कायमै राखेका कारण नेपालले पनि लकडाउनको समयावधी लम्ब्याउने निर्णय गरेको सरकारी स्रोतको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...
पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...
हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो
२०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...
भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित सूचीको सातौ नम्बरमा
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका...
Top