बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो

Best Khabar Team | २०७६ फाल्गुन २८ गते बुधबार


११ मार्च, २०२०
लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको कारोना भाइरसको संक्रमणमा बेलायतकी स्वास्थ्यमन्त्री समेत परेकी छन् । नादीन डोरिज नाम गरेकी बेलायती स्वास्थ्यमन्त्रीमा हालै गरिएको परिक्षणमा कोरोनाको संक्रमण देखिएको हो ।

केहीसमयअघि उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रयोगशालामा गरिएका विभिन्न परिक्षणबाट उनमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो । बेलायतमा रहेको कन्जर्वेटिभ पार्टीका तर्फबाट सांसद समेत रहेकी उनको स्वास्थ्य परिक्षणमा कोरोना देखिएपछि हाल उनलाई उनकै निवासमा क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सक र चिकित्सकीय सहयोग पनि उपलब्ध गराउँदै आइएको विविसीले उल्लेख गरेको छ ।

पछिल्लो केही महिनायता बेलायतमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ६ जनाको मृत्यु भै सकेको छ भने करिब ४ सयजनामा संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन थालेपछि सरकारले यसलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ :  १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला

२०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे…. जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...

Top