Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१
काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। पछिल्लो २४ घण्टायता मात्रै देशभर थप ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टायता गरिएको परीक्षणका क्रममा थप ६ सय ३ जनामा कोरोना देखिएको हो। यस्तै गएको सोमबार यता देशभर १३ हजार नमुना परीक्षण भएकोमा १ हजार ५ सय ३६ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । जुन अहिले कोरोनाको सामना गरिरहेका सक्रिय संक्रमितहरु हुन् । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो दरमा देखिन थालेको छ । मन्त्रालयले आज दिएको जानकारी अनुसार भक्तपुरमा २० ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७४ गरी २ सय ५४ जना संक्रमित उपत्यकामा थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८० जना आइसियु र २५ जना भ्यान्टिलेटरमा भर्ना भएर उपचार गराईरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
महान पर्व बडादशैं शुरु, आज घटस्थापना
२०८० आश्विन २८ गते आइतबार
१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा...
भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु
२०७७ माघ ४ गते आइतबार
१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...
Top