Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९
गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका परिक्षार्थीलाई घुस लिएर पास गराएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले बुटबलस्थित तत्कालीन यातयात कार्यालयका प्रमुख र प्रहरी निरीक्षणविरुद्ध आज मुद्दा दायर गरेको छ । विशेष गरी मोटरसाइकल, हलुका सवारी साधन तथा हेवी गाडीहरुको ट्रायल परीक्षामा फेल भएका परिक्षार्थीबाट मोटो रकम घुुस लिएर उनीहरुलाई लाइन्सेन्स दिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
यसरी मुद्दा दायर गरिएकाहरुमा तत्कालीन यातयात कार्यालय प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका इन्स्पेक्टर रविन्द्र श्रेष्ठ रहेका छन् । करिब ७१ जना परीक्षार्थीहरु फेल हुँदासमेत उनीहरुले घुस लिएर उनीहरुलाई पास बनाएको र लाइसेन्स दिएको आरोप पोखरेल र श्रेष्ठमाथि लगाइएको छ ।
पक्राउ परेका दुबैलाई कैद सजायाँ र नगद जरिवानाको माग दावी गरिएको छ । यसैबीच काठमाडौंको थानकोटस्थित चन्द्रगिरी, सुकेधारा र भक्तपुरको राधेराधेलगायतका स्थानमा पनि लाइन्सेन्स परीक्षामा अनियमितता हुने गरेको सूचना अख्तियारलाई प्राप्त भएको अख्तियार स्रोतको दाबी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व
२०७७ भाद्र ११ गते बिहिबार
– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई...
दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...
कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...
नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना...
Top