Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९
गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका परिक्षार्थीलाई घुस लिएर पास गराएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले बुटबलस्थित तत्कालीन यातयात कार्यालयका प्रमुख र प्रहरी निरीक्षणविरुद्ध आज मुद्दा दायर गरेको छ । विशेष गरी मोटरसाइकल, हलुका सवारी साधन तथा हेवी गाडीहरुको ट्रायल परीक्षामा फेल भएका परिक्षार्थीबाट मोटो रकम घुुस लिएर उनीहरुलाई लाइन्सेन्स दिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
यसरी मुद्दा दायर गरिएकाहरुमा तत्कालीन यातयात कार्यालय प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका इन्स्पेक्टर रविन्द्र श्रेष्ठ रहेका छन् । करिब ७१ जना परीक्षार्थीहरु फेल हुँदासमेत उनीहरुले घुस लिएर उनीहरुलाई पास बनाएको र लाइसेन्स दिएको आरोप पोखरेल र श्रेष्ठमाथि लगाइएको छ ।
पक्राउ परेका दुबैलाई कैद सजायाँ र नगद जरिवानाको माग दावी गरिएको छ । यसैबीच काठमाडौंको थानकोटस्थित चन्द्रगिरी, सुकेधारा र भक्तपुरको राधेराधेलगायतका स्थानमा पनि लाइन्सेन्स परीक्षामा अनियमितता हुने गरेको सूचना अख्तियारलाई प्राप्त भएको अख्तियार स्रोतको दाबी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...
कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...
भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...
पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा
२०७७ मंशिर १८ गते बिहिबार
०३ डिसेम्बर, २०२०काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट...
Top