Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०
काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत वीरगञ्जकी एक महिलाको उपचारको क्रममा आज बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित ती महिलाको पाटन अस्पतालको अति सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो ।

वीरगञ्जबाट उपत्यका ल्याएलगत्तै उनलाई ललितपुरकै अर्को एक निजी अस्पतालमा राखेर उपचार गरिएको भएपनि अबस्था गम्भीर भएपनि पाटन अस्पतालमा उपचारका लागि साउन ६ गते भर्ना गरिएको थियो । शुरुमा सामान्य भएपछि पछिल्ला दिनमा उनमा स्वाव प्रस्वासमा समस्या देखिएको थियो ६५ वर्षकी ती महिला उच्च रक्तचापको विरामी समेत रहेकी थिइन् । उनको सम्पर्कमा रहेका अन्य परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएपनि उनीहरुलाई अहिले चिकित्सकको निगरानीमा आइसोलेसनमा राखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यसअघि ५३ जना संक्रमितको ज्यान गएकोमा गएराति वीरगञ्जमा २ जनाको उपचारका क्रममा निधन भएको थियो।
यसैबीच काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी मुख्यालयको सञ्चार र सवारी शाखामा कार्यरत प्रहरी मध्ये २८ जना थप प्रहरीमा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई अहिले प्रहरी अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाइएको छ । यसअघि मुख्यालयको सोही विभागमा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भै सकेको छ । उनीहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्राक्ट ट्रेसिङ्ग’ गर्ने क्रममा थप २८ जनामा संक्रमण भेटिएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...
जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात
२०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको...
अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...
अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते
२०७६ माघ २६ गते आइतबार
०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...
Top