‘लकडाउन’मा थप कडाई

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार


०४ मार्च, २०२०
काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि एक प्रदेशबाट अर्को प्रदेशमा आउजाउ गर्न कडाई गरिने भएको छ । हाल विशेष पास लिएर एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न पाउने व्यवस्था भएपनि अब सरकारको यो निर्णयसँगै लकडाउन थप कडाई हुने भएको छ ।

सरकारले एक प्रदेशबाट अर्को प्रदेश र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्नका कडाई गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले यो व्ययवस्था गर्न लागेको हो । यसका लागि सम्बन्धित प्रदेशका प्रमुख, स्थानीय तहका अधिकारीलगायतलाई विशेष कडाईका साथ नियम कार्यान्वयनका लागि ध्यानाकर्षण गराईने सरकारले जनाएको छ । अब यो निर्णय भएपछि एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउ जाउन गर्न अर्को व्यवस्था नभएसम्मको लागि नपाइने भएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आजको बैठकले कोरोनाको संक्रमण जोगाउनका लागि एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न विशेष रोक लगाउने निर्णय गरेको हो । यस्तै सरकारले कोरोना संक्रमित देखिएको तीन जिल्ला बाग्लुङ्ग, कञ्चनपुर र कैलालीमा छिटो विधिबाट कोरोना जाँच गर्ने व्यवस्था मिलाउने भएको छ । यी जिल्लाहरुमा देखिएका कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको समेत चेकजाँच गर्नुपर्ने भएकोले यो व्यवस्था गर्न लागिएको सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

बैठकले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको बीमा, प्रोत्साहन भत्ताका साथै उनीहरुको सुरक्षामा खलल पु¥याउनेमाथि कडा कारबाही गर्ने जनाएको छ । यस्तै सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण पनि यथासक्य उपलब्ध गराउने निर्णय गरेका छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन

२०७६ पुष १७ गते बिहिबार

०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर...

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...

खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित) खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

Top