Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०
काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि एक प्रदेशबाट अर्को प्रदेशमा आउजाउ गर्न कडाई गरिने भएको छ । हाल विशेष पास लिएर एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न पाउने व्यवस्था भएपनि अब सरकारको यो निर्णयसँगै लकडाउन थप कडाई हुने भएको छ ।
सरकारले एक प्रदेशबाट अर्को प्रदेश र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्नका कडाई गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले यो व्ययवस्था गर्न लागेको हो । यसका लागि सम्बन्धित प्रदेशका प्रमुख, स्थानीय तहका अधिकारीलगायतलाई विशेष कडाईका साथ नियम कार्यान्वयनका लागि ध्यानाकर्षण गराईने सरकारले जनाएको छ । अब यो निर्णय भएपछि एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउ जाउन गर्न अर्को व्यवस्था नभएसम्मको लागि नपाइने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को आजको बैठकले कोरोनाको संक्रमण जोगाउनका लागि एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न विशेष रोक लगाउने निर्णय गरेको हो । यस्तै सरकारले कोरोना संक्रमित देखिएको तीन जिल्ला बाग्लुङ्ग, कञ्चनपुर र कैलालीमा छिटो विधिबाट कोरोना जाँच गर्ने व्यवस्था मिलाउने भएको छ । यी जिल्लाहरुमा देखिएका कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको समेत चेकजाँच गर्नुपर्ने भएकोले यो व्यवस्था गर्न लागिएको सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
बैठकले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको बीमा, प्रोत्साहन भत्ताका साथै उनीहरुको सुरक्षामा खलल पु¥याउनेमाथि कडा कारबाही गर्ने जनाएको छ । यस्तै सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण पनि यथासक्य उपलब्ध गराउने निर्णय गरेका छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन...
नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...
नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना...
भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...
Top