कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको र युरोपको सम्पन्न मध्यको एक देश बेल्जियमले लकडाउनबाट समेत कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निश्चित भागमा कफ्र्यु लगाउने घोषणा गरेको छ ।

बेल्जियमको ऐतिहासिक शहर एन्तोर्पिन अन्तर्गतको ग्रुनप्लाष्ट क्षेत्र । तस्वीर : प्रतीक लामिछाने । बेष्टखबर डटकम ।

राजधानी ब्रसेल्सपछिको दोश्रो ठूलो पर्यटकीय शहरको रुपमा परिचित एन्तोर्पिन शहरमा आज रातिबाट लागूहुने गरी कफ्र्यु आदेश जारी गरिएको यहाँबाट प्रकाशित हुने ‘दि ब्रसेल्स् टाइम्सले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । पछिल्ला दिनहरुमा एन्तोर्पिन शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि आज राति साढे ११ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नहुञ्जेलका लागि रातिको समयमा कफ्र्यु लगाउने निर्णय भएको हो । राति साढे ११ बजेदेखि लागू हुने कफ्र्यु बिहान ६ बजेसम्म जारी रहने सरकारी निर्णयहरुमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय भन्दा बढी संक्रमित भेटिएको बेल्जियममा विशेष गरी रात्रिकालीन गतिविधिका कारण कोरोनाको संक्रमण फैलिएको निष्कर्ष सरकारले निकालेको छ । आगामी अगस्ट १ देखि लकडाउनलाई पूर्णरुपमा खारेज गरी जनजीवन सामान्य बनाउने तयारीमा यहाँको सरकार जुटेको भएपनि संक्रमितको संख्या पछिल्लो सातायता बढेपछि सरकारले बाध्य भएर रातिको समयमा कफर्यु लगाउने घोषणा गरेको हो । यो सँगै लकडाउनका केही प्रावधानहरु जारी रहने सरकारले स्पष्ट पारेको छ ।

बेल्लियमको ऐतिहासिक शहर एन्तोर्पिनमा रहेको पुरातात्विक महत्व बोकेको चर्च । तस्वीर : प्रतीक लामिछाने । बेष्टखबर डटकम ।

यसअघि सरकारले १२ वर्षभन्दा माथिका मानिसलाई अनिवार्य रुपमा माक्स लगाउने व्यवस्था गरिसकेको छ । सरकारको यो निर्णयसँगै अब साढे ११ बजेपछि एन्तोर्पिन शहरमा कुनैपनि होटल, रेस्टुरेन्ट तथा अन्य रात्रिकालीन गतिविधि हुने स्थानहरु अनिवार्य रुपमा बन्द गर्नुपर्नेछ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यसलाई रोक्नका लागि नियमहरु निक्कै कडा बनाएको छ । कोरोनाका कारण बेल्जियममा हालसम्म १० हजार भन्दा धेरैको ज्यान गै सकेको छ भने ६६ हजारभन्दा बढी संक्रमित बनेका छन् । एन्तोर्पिन शहर बेल्जियममा सबैभन्दा धेरै नेपालीहरु बस्ने शहरको रुपमा परिचित छ ।

एन्तोर्पिन शहर बेल्जियमको एतिहासिक शहरको रुपमा परिचित रहेको छ । यहाँ ऐतिहासिक चर्चदेखि विभिन्न खाले पुराना संरचना र संग्रहालयलगायत हेर्नका लागि विश्वभरबाट लाखौं पर्यटक आउने गर्दछन् । यस्तै यहाँको रात्रिकालीन गतिविधिपनि पर्यटकको लागि प्रमुख आकर्षणको रुपमा रहेको छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित) अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

२०७७ श्रावण २७ गते मंगलबार

११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...

कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...

१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए १७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा...

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित) कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...

Top