Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहित बहालवाला दुईजना सांसद विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौं अपहरण र शरीर बन्धकसम्बन्धी उजुरी दर्ता भएको छ ।
केहीदिन अघि महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जर्वजस्ती अपहरण गरी काठमाडौं ल्याइएको र उनलाई होटलमा बन्धक बनाएर राखिएको भन्दै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका विरुद्ध अपहरणको अरोपमा कारबाहीका लागि सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता भएको हो ।

उजुरी कर्ता यादवले उजुरीमा अभियुक्तहरुलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा हदैसम्म कारबाहीको माग गरेका छन् । यसअघि सोही प्रकरणको उजुरी दर्ताका लागि डा. बाबुराम भट्टराईलगायतका नेताहरु प्रहरीकोमा गएको भएपनि प्रहरीले सो उजुरी लिन मानेको थिएन । अब सरकारी वकिलको कार्यालयले आवश्यक कारबाहीको लागि प्रहरी कार्यालयमा पत्राचार गर्नेछ ।
खनाल, बस्नेत र श्रेष्ठ मिलेर आफूलाई जर्वजस्ती काठमाडौं ल्याएको भन्दै पूर्वमन्त्री समेत रहेका यादवले काठमाडौंको एक होटलमा थुनेर राखेको अवस्थामा आफू त्यहाँबाट भागेर ज्यान जोगाएको भन्दै सञ्चारमाध्यममा अन्र्तवार्ता दिँदै आएका छन् । कोरोनाको प्रकोपका बेला भएको लकडाउनकै बीचमा आफूलाई उनीहरुकै निजी गाडीमा हालेर जर्वजस्ती काठमाडौं ल्याइएको सांसद यादवको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...
नेपाल पनि देखियो सलह किरा !
२०७७ असार १३ गते शनिबार
२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...
‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे
२०७५ चैत्र ८ गते शुक्रबार
२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...
काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...
Top