नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध

Best Khabar Team | २०७७ असार ३ गते बुधबार


१७ जुन, २०२०
रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डमा आज बिहान पहिरो खसेका कारण अपरान्हसम्म सो क्षेत्र अवरुद्ध बनेको थियो । आज दिनभर सो क्षेत्रमा सडक विभागले पहिरो पन्छाउने काम गरेलगत्तै साँझ केहीबेर सडक खुल्ला भएपनि राति ७ बजेतिर बजेतिर फेरि माथिबाट पहिरो खसेको छ ।

फाइल तस्वीर ।

पहिरोका कारण मुग्लिनहुँदै नारायणगढतर्फ आउने र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनहरु रोकिएका छन् । रातिपनि पहिरो पन्छाउने प्रयास भएपनि पानी निरन्तर परिरहेका कारण सो कार्य सम्भव नभएको प्रहरीको भनाई छ । केहीवर्षअघि सो सडकखण्डको स्तरोन्नति भै फराकिलो पारिएपछि पहिराको समस्या धेरै हदसम्म कम भएको थियो । तर यो वर्ष वर्षात् शुरुहुने वित्तिकै पहिरो खस्न शुरुभएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो क्षेत्रको माथिबाट पहिरो खस्दा पन्छाउनका लागि आज दिनभरको समय लागेको थियो । पहिरोसँगै ठूलाठूला ढुंगाहरु समेत खस्न थालेपछि पहिरो हटाउन समय लाग्ने गरेको छ । रातको समयमा फेरि पहिरोले सडक अवरुद्ध भएपछि अहिले त्यस क्षेत्रमा दर्जनौं सवारी साधन रोकिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा...

साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...

Top