Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०
रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डमा आज बिहान पहिरो खसेका कारण अपरान्हसम्म सो क्षेत्र अवरुद्ध बनेको थियो । आज दिनभर सो क्षेत्रमा सडक विभागले पहिरो पन्छाउने काम गरेलगत्तै साँझ केहीबेर सडक खुल्ला भएपनि राति ७ बजेतिर बजेतिर फेरि माथिबाट पहिरो खसेको छ ।

पहिरोका कारण मुग्लिनहुँदै नारायणगढतर्फ आउने र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनहरु रोकिएका छन् । रातिपनि पहिरो पन्छाउने प्रयास भएपनि पानी निरन्तर परिरहेका कारण सो कार्य सम्भव नभएको प्रहरीको भनाई छ । केहीवर्षअघि सो सडकखण्डको स्तरोन्नति भै फराकिलो पारिएपछि पहिराको समस्या धेरै हदसम्म कम भएको थियो । तर यो वर्ष वर्षात् शुरुहुने वित्तिकै पहिरो खस्न शुरुभएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो क्षेत्रको माथिबाट पहिरो खस्दा पन्छाउनका लागि आज दिनभरको समय लागेको थियो । पहिरोसँगै ठूलाठूला ढुंगाहरु समेत खस्न थालेपछि पहिरो हटाउन समय लाग्ने गरेको छ । रातको समयमा फेरि पहिरोले सडक अवरुद्ध भएपछि अहिले त्यस क्षेत्रमा दर्जनौं सवारी साधन रोकिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता
२०७६ पुष १५ गते मंगलबार
– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...
अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...
कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि
२०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...
Top