युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार


१६ अप्रिल, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७ वटा देशहरुमध्ये कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको रुपमा इटली देखिएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्याको आधारमा इटली सबैभन्दा बढी प्रभावित बनेको हो । यो समाचार तयार पार्दासम्म इटलीमा कोरोनाबाट २२ हजार १ सय ७० जनाको ज्यान गै सकेको छ । यही अवधिमा इटलीमा १ लाख ६८ हजार ९ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ७४ हजार ७ सय ९७ जनाले स्वास्थ्य लाभसमेत गरिसकेका छन् । इटलीमा हाल ७ हजार ३ सय ७१ जना गम्भीर अवस्थाका विरामी छन् । कोरोनाका कारण इटलीमा आजमात्रै ५ सय २५ जनाको ज्यान गएको छ ।

इटलीपछि कोरोनाका कारण धेरै ज्यान गुमाउने युरोपेली मुलुकमा स्पेन परेको हो । यद्यपि कोरोनाबाट सबैभन्दा बढी प्रभावितको संख्यालाई आधार मान्ने हो भनेचाहिँ इटलीमा भन्दा स्पेनमा कोरोना संक्रमितको संख्या बढी छ । स्पेनमा हालसम्म १ लाख ८२ हजार ८ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तर मृकको संख्यालाई आधार बनाउँदा भने इटली पछि स्पेनको नाम आउँछ । स्पेनमा हालसम्म १९ हजार १ सय ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । स्पेनमा आजमात्रै ३ सय १८ जनाले ज्यान गुमाएका छन् । यस्तै स्पेनमा ७४ हजार ७ सय ९७ जनाको उपचार सफल भएको छ । स्पेनमा हाल ७ हजार ३ सय ७१ जनाको गम्भीर अवस्थामा उपचार भै रहेको छ ।

यस्तै, स्पेन र इटली पछि युरोपमा फ्रान्स सबैभन्दा बढी प्रभावित देशको रुपमा रहेको छ । फ्रान्समा हालसम्म कोरोनाका कारण १७ हजार १ सय ६७ (यो तथ्यांकमा बिहीबारको तथ्यांक समावेश गरिएको छैन) जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ । यस्तै १ लाख ४७ हजार ८ सय ६३ जना कोरोना संक्रमित फ्रान्समा भेटिएका छन् । ३० हजार ९ सय ५५ जनाले स्वास्थ्य लाभ गरेका छन् । फ्रान्समा ६ हजार ४ सय ६५ जनाको ज्यान गएको छ ।

फ्रान्सपछि युरोपेली युनियनको राजधानीको रुपमा रहेको बेल्जियममा सबैभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् । यद्यपि संक्रमितको संख्याको हिसावले बेल्जिम भन्दा जर्मनी अगाडि छ । तर कोरोनाकै कारण जर्मनीमा ३ हजार ८ सय ६७ जनाले ज्यान गुमाउँदा बेल्जियममा ४ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।

बेल्जियममा हालसम्म संक्रमितको संख्या ३४ हजार ८ सय ९ पुगेको छ । बेल्जियममा आजमात्रै ४ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । तर आज जर्मनीमा ६३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाको संक्रमणलाई फैलन नदिन बेल्जियमले आगामी मे ३ तारिखसम्मका लागि लकडाउनको समयावधि बढाएको छ ।

यसअघि युरोपमा रहेको भएपनि युरोपेली युनियनबाट अलग भएका कारण यो लिस्टमा बेलायतको तथ्यांक समावेश गरिएको छैन । तर बेलायतमा पनि मृतकको संख्या दैनिक बढ्दै गएको छ । बेलायतमा हालसम्म १ लाख ३ हजार ९३ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ४ हजार ६ सय जना पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरु हुन् ।

बेलायतमा हालसम्म १ हजार ५ सय ५९ जना गम्भीर अवस्थामा उपचार गराईरहेका छन् । कोरोनाका कारण सिंगो युरोपको जनजीवन नराम्ररी प्रभावित बनेको छ । यसका अलावा युरोपका नर्वे, फिनल्याण्ड, लक्जेम्बर्ग, डेनमार्ग, पोर्चुगल, माल्टा, स्वीट्जरल्याण्डलगायतका देशहरुमा पनि मानिसहरुको हताहती भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...

Top