Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलन थालेको छ । विगत ६५ दिन यता भारतमा फैलिएको कोरोनाले अहिले सम्म करिब करिब ५० हजारमा संक्रमण छाड्ने तयारी गरिसकेको छ । अहिले पनि दशौं हजारको परीक्षण भै रहेको र कतिपय केशहरु संकास्पद रहेको बताइएको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा कुल ४६ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । अझै डरलाग्दो त के छ भने भारतमा हिजो अर्थात् सोमबार मात्रै ३ हजार ९ सय जनामा कोरोना संक्रमण भेटिएको छ । यो भारतमा हालसम्म एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित देखिएको पहिलो पटक हो । भारतमा पहिलो पटक गएको मार्च १ तारिखका दिन एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, मार्च १२ तारिखमा कोरोनाको कारण पहिलो पटक मानिसको ज्यान गएको थियो । हालसम्म कोरोनाका कारण भारतमा १ हजार ५ सय ७१ जनाको ज्यान गै सकेको छ । ती मध्ये सोमबारदेखि मंगलबार बिहानसम्म १ सय ७५ को जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा अहिले सिँगो देश लकडाउनको अवस्थामा रहेको भएपनि कोरोनाको संक्रमण अत्यधिक तथा द्रुत गतिमा फैलिरहेको छ ।
कोरोना संक्रमितको संख्यालाई आधार बनाउँँदा विश्वका बढी कोरोना संक्रमितहरु भेटिएको देशको सूचीमा भारत १५ औं नम्बरमा पर्दछ । यद्यपी १२ हजार ७ सय २७ जना निको भएर घर समेत फर्केका छन् । भारतमा हालसम्म १२ लाखभन्दा बढीको परीक्षण सम्पन्न भै सकेको छ । कोरोनाका कारण राजधानी नयाँदिल्ली, महाराष्ट्र, गुजरातलगायतका क्षेत्रहरु बढी प्रभावित बनेका छन् । लकडाउनका कारण अहिले करोडौं मानिस घरभित्रै बस्न बाध्य बनेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...
‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...
समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको...
इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका...
Top