भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार


०५ मे, २०२०
उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलन थालेको छ । विगत ६५ दिन यता भारतमा फैलिएको कोरोनाले अहिले सम्म करिब करिब ५० हजारमा संक्रमण छाड्ने तयारी गरिसकेको छ । अहिले पनि दशौं हजारको परीक्षण भै रहेको र कतिपय केशहरु संकास्पद रहेको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कुल ४६ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । अझै डरलाग्दो त के छ भने भारतमा हिजो अर्थात् सोमबार मात्रै ३ हजार ९ सय जनामा कोरोना संक्रमण भेटिएको छ । यो भारतमा हालसम्म एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित देखिएको पहिलो पटक हो । भारतमा पहिलो पटक गएको मार्च १ तारिखका दिन एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, मार्च १२ तारिखमा कोरोनाको कारण पहिलो पटक मानिसको ज्यान गएको थियो । हालसम्म कोरोनाका कारण भारतमा १ हजार ५ सय ७१ जनाको ज्यान गै सकेको छ । ती मध्ये सोमबारदेखि मंगलबार बिहानसम्म १ सय ७५ को जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा अहिले सिँगो देश लकडाउनको अवस्थामा रहेको भएपनि कोरोनाको संक्रमण अत्यधिक तथा द्रुत गतिमा फैलिरहेको छ ।

कोरोना संक्रमितको संख्यालाई आधार बनाउँँदा विश्वका बढी कोरोना संक्रमितहरु भेटिएको देशको सूचीमा भारत १५ औं नम्बरमा पर्दछ । यद्यपी १२ हजार ७ सय २७ जना निको भएर घर समेत फर्केका छन् । भारतमा हालसम्म १२ लाखभन्दा बढीको परीक्षण सम्पन्न भै सकेको छ । कोरोनाका कारण राजधानी नयाँदिल्ली, महाराष्ट्र, गुजरातलगायतका क्षेत्रहरु बढी प्रभावित बनेका छन् । लकडाउनका कारण अहिले करोडौं मानिस घरभित्रै बस्न बाध्य बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान...

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका,  प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’ क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

Top