Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०
तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर गुल्मीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर ५ मा पर्ने आँटिपाटामा घरमाथिबाट खसेको ढुंगाले घरको आँगनमा बसिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय बिना बोझेमाटी उनका ९ र ७ वर्षका दुई छोरा र १० महिनाका एक छोरीको ज्यान गएको हो । अविरल बर्षात्सँगै गएको पहिराले घरमाथिबाट ढुंगा समेत बगाएर ल्याएको र सोही ढुंगाले आँगनमा बसिरहेका उनीहरुलाई च्यापेको थियो । उनीहरु चारैजनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । मृतक बिनाकी श्रीमान् भने रोजगारीका लागि भारतमा रहेको बताइएको छ ।
घटना गएराति ७ बजेतिरको भएपनि प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आज बिहानसम्म सबै शव निकालिएको छ । घटनास्थल आसपासमा रहेका आधादर्जन बढी घरहरु पहिरोको जोखिममा रहेको भन्दै उनीहरुलाई सुरक्षित स्थलतर्फ सार्न स्थानीय गाउँपालिकाले तयारी अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...
पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...
बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले...
Top