गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार


०१ अगस्ट, २०२०
तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर गुल्मीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर ५ मा पर्ने आँटिपाटामा घरमाथिबाट खसेको ढुंगाले घरको आँगनमा बसिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय बिना बोझेमाटी उनका ९ र ७ वर्षका दुई छोरा र १० महिनाका एक छोरीको ज्यान गएको हो । अविरल बर्षात्सँगै गएको पहिराले घरमाथिबाट ढुंगा समेत बगाएर ल्याएको र सोही ढुंगाले आँगनमा बसिरहेका उनीहरुलाई च्यापेको थियो । उनीहरु चारैजनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । मृतक बिनाकी श्रीमान् भने रोजगारीका लागि भारतमा रहेको बताइएको छ ।

घटना गएराति ७ बजेतिरको भएपनि प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आज बिहानसम्म सबै शव निकालिएको छ । घटनास्थल आसपासमा रहेका आधादर्जन बढी घरहरु पहिरोको जोखिममा रहेको भन्दै उनीहरुलाई सुरक्षित स्थलतर्फ सार्न स्थानीय गाउँपालिकाले तयारी अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट) धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...

साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा

२०७६ फाल्गुन ३ गते शनिबार

बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...

‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन ‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...

बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि  आइसियुमा उपचार हुँदै बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै...

Top