काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार


२८ अगस्ट, २०२०
काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५० जना ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर कुल ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । यस्तै हालसम्म २० हजार २ सय ४२ जना उपचारपछि घर फर्केका छन् भने १ सय ९५ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म सरकारले उपत्यकामा निषेधित क्षेत्र घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युएईको अस्पतालमा उपचाररत १ इटालीयनसहित दुई नेपाली कोरोना संक्रमणबाट मुक्त भए युएईको अस्पतालमा उपचाररत १ इटालीयनसहित दुई नेपाली कोरोना संक्रमणबाट मुक्त भए

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२० अबुधावी । संयुक्त अरव इमिरेट्समा कोरोना...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...

अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’ अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...

हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...

Top