Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम
काठमाडौं । तपाईँले साइकलमा अहिलेसम्म निरन्तर रुपमा कति लामो यात्रा तय गर्नुभएको छ ? एक घण्टा, १० घण्टा, १० दिन वा एक महिना ? सबैसँग यस बारेमा आ–आफ्नै उत्तर र अनुभव होला ।

तर युरोपेली मुलुक नर्वेका एक युवकले भने साइकलमा निरन्तर रुपमा झण्डै १० महिना लामो यात्रा तय गर्दैछन् । त्यो पनि पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेको विकसित देश नर्वेबाट नेपालसम्म । नियमित रुपमा विमानमा यात्रा गर्दा पनि नर्वेबाट काठमाडौं आइपुग्न कम्तीमा १५ घण्टा लाग्दछ । तर नर्वेजियन नागरिक इरिक स्भेन्सन्ले भने साइकलबाटै नर्वे–काठमाडौंको यात्रा तय गर्ने घोषणा गरेका छन् ।
उनले आगामी फेब्रुअरी २८ तारिक शुक्रबार नर्वेको राजधानी ओस्लोबाट आफ्नो यात्रा शुरु गर्नेछन् । उनी सन् २०२० को अन्त्यतिर साइकलबाटै काठमाडौं आइपुग्ने योजनामा छन् इरिक । नर्वेदेखि नेपालसम्मको साइकल यात्राको दुरी कम्तीमा १२ हजारदेखि १४ हजार किलोमिटर रहने छ । यसक्रममा इरिक विश्वका २० भन्दा बढी राष्ट्र तथा बहुचर्चित सिल्करोड हुँद उनी नेपाल आइ पुग्नेछन् । हिमालयन चिल्ड्रेन फाउन्डेसनको लागि रकम संकलन गर्नका लागि उनी साइकलमार्फत् नेपाल आउन लागेको नेपालस्थित नर्वेजियन दुतावासले जनाएको छ । उनी यसअघि सन् २०१७ मा पनि नेपाल आएका थिए ।

त्यस क्रममा नेपाली रहनसहन, परिवभेषलगायतले आफूलाई लोभ्याएको तथा नेपालको विशेष मनाङ्ग र मुस्ताङ्ग क्षेत्रको बालबालिको शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले जोखिम मोल्न लागेको इरिकले बताएका छन् । नेपालको हिमाली क्षेत्रमा रहेका बालबालिकाको सहयोग र उनीहरुको शैक्षिकस्तरोन्नतीका लागि यो कठिन यात्रा तय गर्ने निर्णय गरेका इरिकको नर्वे काठमाडौं यात्रा वास्तवमै निक्कै चुनौतीपूर्ण छ ।
यसबीचमा हुने मौसमको परिवर्तन तथा विभिन्न देश, युद्दग्रस्त मुलुकहरुको राजनीतिक अवस्थालगायतको सामना गर्दै उनी नर्वेबाट नेपालतर्फ अघि बढ्नुपर्ने हुन्छन् । तर मन र मस्तिष्कदेखि नै आफू यात्राका लागि तयार रहेको भन्दै इरिकले आफू सफल रुपमा नेपाल आइपुग्ने बताउँछन् । उनको यात्राको बेष्टखबर डटकमपनि सफलताको कामना गर्दछ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...
पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए
२०८२ बैशाख २४ गते बुधबार
०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
Top