Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम
काठमाडौं । तपाईँले साइकलमा अहिलेसम्म निरन्तर रुपमा कति लामो यात्रा तय गर्नुभएको छ ? एक घण्टा, १० घण्टा, १० दिन वा एक महिना ? सबैसँग यस बारेमा आ–आफ्नै उत्तर र अनुभव होला ।

तर युरोपेली मुलुक नर्वेका एक युवकले भने साइकलमा निरन्तर रुपमा झण्डै १० महिना लामो यात्रा तय गर्दैछन् । त्यो पनि पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेको विकसित देश नर्वेबाट नेपालसम्म । नियमित रुपमा विमानमा यात्रा गर्दा पनि नर्वेबाट काठमाडौं आइपुग्न कम्तीमा १५ घण्टा लाग्दछ । तर नर्वेजियन नागरिक इरिक स्भेन्सन्ले भने साइकलबाटै नर्वे–काठमाडौंको यात्रा तय गर्ने घोषणा गरेका छन् ।
उनले आगामी फेब्रुअरी २८ तारिक शुक्रबार नर्वेको राजधानी ओस्लोबाट आफ्नो यात्रा शुरु गर्नेछन् । उनी सन् २०२० को अन्त्यतिर साइकलबाटै काठमाडौं आइपुग्ने योजनामा छन् इरिक । नर्वेदेखि नेपालसम्मको साइकल यात्राको दुरी कम्तीमा १२ हजारदेखि १४ हजार किलोमिटर रहने छ । यसक्रममा इरिक विश्वका २० भन्दा बढी राष्ट्र तथा बहुचर्चित सिल्करोड हुँद उनी नेपाल आइ पुग्नेछन् । हिमालयन चिल्ड्रेन फाउन्डेसनको लागि रकम संकलन गर्नका लागि उनी साइकलमार्फत् नेपाल आउन लागेको नेपालस्थित नर्वेजियन दुतावासले जनाएको छ । उनी यसअघि सन् २०१७ मा पनि नेपाल आएका थिए ।

त्यस क्रममा नेपाली रहनसहन, परिवभेषलगायतले आफूलाई लोभ्याएको तथा नेपालको विशेष मनाङ्ग र मुस्ताङ्ग क्षेत्रको बालबालिको शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले जोखिम मोल्न लागेको इरिकले बताएका छन् । नेपालको हिमाली क्षेत्रमा रहेका बालबालिकाको सहयोग र उनीहरुको शैक्षिकस्तरोन्नतीका लागि यो कठिन यात्रा तय गर्ने निर्णय गरेका इरिकको नर्वे काठमाडौं यात्रा वास्तवमै निक्कै चुनौतीपूर्ण छ ।
यसबीचमा हुने मौसमको परिवर्तन तथा विभिन्न देश, युद्दग्रस्त मुलुकहरुको राजनीतिक अवस्थालगायतको सामना गर्दै उनी नर्वेबाट नेपालतर्फ अघि बढ्नुपर्ने हुन्छन् । तर मन र मस्तिष्कदेखि नै आफू यात्राका लागि तयार रहेको भन्दै इरिकले आफू सफल रुपमा नेपाल आइपुग्ने बताउँछन् । उनको यात्राको बेष्टखबर डटकमपनि सफलताको कामना गर्दछ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...
काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...
Top