Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही सदस्यलाई दही औधी मन पर्दछ ? तपाईँले उत्पयकाको भक्तपुरमा उत्पादित जुजु धौं खानुभएको छ ? दहीहरुको राजाको रुपमा परिचित काठमाडौंको जुजु धौं बनाउनेहरुलाई यतिबेला भ्याई नभ्याई छ ।
विशेष गरी चाडपर्व र विवाह ब्रतबन्धको लगनकाका बेला उनीहरुलाई दहि बनाउने चटारोले छुन्छ । मेहनत अनुसारको कमाई पनि भएकाले उनीहरु खुसी छन् । भक्तपुरको व्यासी, सुकुलढोका, मूलढोका, ठिमीलगायतका क्षेत्रका दर्जनौं व्यवसायीहरु दही बनाएर आफू र आफ्नो परिवारको गुजारा चलाईरहेका छन् ।
कतिपयले पुर्खौदेखिको यो पेशालाई आफ्नो दैनिकीको रुपमा अगाडि बनाईरहेका छन् । सुकुलढोकाकी मनमाया धौल भन्नुहुन्छ –“मेरो जीवन दही जस्तै गुलियो छ , ३० वर्षदेखि परिवारको सदस्यसहित जुजु धौ बनाउदै आएको छु । दैनिक खर्च कटाएर महिनामा ४०देखि ६० हजारसम्म बचत गर्दै आएको छु ।

छोरा छोरी राम्रो क्याम्पसमा पढ्छन् ।’ मनमायाजस्तै, नरबहादुर लाखें, रमेश छाःस, दनबीर यशःलगायतपनि यो पेशामा निक्कै खुसी छन् । यद्यपि दहिका लागि चाहिने दुःध संकलन विस्तारै कम हुन थालेपछि भने उनीहरु चिन्नित बनेका छन् ।
तर पुस्तौदेखिको यो पेशालाई निरन्तरता दिन पाउँदा र पछिला वर्षहरुमा दहिको खपत बढ्दै गएकोमा भने उनीहरु आफ्नो पेशा तत्काल संकटमा नपर्नेमा ढुंक्क छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...
काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा...
Top