पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

Best Khabar Team | २०७७ भाद्र ६ गते शनिबार


२२ अगस्ट, २०२०
वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप २ जनाको ज्यान गएको छ । वीरगञ्जको विशेष कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा उनीहरुको गएराति र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्लाको बहुदरमाइ नगरपालिकास्थित डकैलाका एक पुरुषको आज बिहान कोरोना संक्रमणकै कारण ज्यान गएको हो । ६१ वर्षका उनमा सुगर तथा प्रेसरलगायतका अन्य दीर्घरोगहरुसमेत रहेको उनको परिवारले जनाएको छ । उनलाई साउनको अन्तिम साता अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।

भदौ ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो उनको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा निधन भएको बताइएको छ । यस्तै, सोही अस्पतालमा उपचाररत वीरगञ्जस्थित सुगौली गाँउका एक ५८ वर्षका पुरुषको पनि उपचारको क्रममा गएराति निधन भएको छ । उनमा पनि मृगौलासम्बन्धी समस्या रहेको बताइएको छ । हालसम्म पर्सामा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी, २०२० काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा...

चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले

२०७६ पुष १२ गते शनिबार

२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...

एकै टोलका  १५ जनामा कोरोना संक्रमण एकै टोलका १५ जनामा कोरोना संक्रमण

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...

Top