Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१
लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका रुपमा रहेका गायक धनबहादुर गन्धर्व (गायक) आज ब्रह्मलीन भएका छन् । दर्जनौं चर्चित गीतहरुमा संगीत तथा शब्द दिएका धनबहादुरको उपचारको क्रममा आज कास्की जिल्लास्थित पोखराको मनिपाल अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

विगत केही समयदेखि छाति तथा फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त भएपछि गायकको मनिपाल अस्पतालमा राखेर उपचार गरिएको थियो । २०२१ सालमा पोखरामा जन्मिएका थिए । उनले गन्धर्व जातिको पहिचान बोकेको सारंगीको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले पोखरामा सारङ्गी संरक्षण पाठशाला सञ्चालनमा ल्याएका थिए ।
स्वर्गीय झलकमान गन्धर्व (धनबहादुरका मामा) को सम्झनामा सञ्चालनमा रहेको झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशालामा ८ वर्षदेखि २५ वर्ष उमेर समूहका युवा समूहले सारंगी बजाउन सिकिरहेका छन् । सारंगीका साथै उनी मादल बजाउन पनि पोख्त मानिन्छन् । उनले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका थिए । स्वर्गीय गायकप्रति श्रद्दासुमनसहित उनको शब्द तथा संगीतमा रहेको यो चर्चित गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद
२०७६ पुष ९ गते बुधबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...
खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व
२०७६ मंशिर २३ गते सोमबार
नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...
युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो
२०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...
Top