Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण खाडीलगायतका केही युरोपेली राष्ट्रमा रोकिएका नेपालीलाई उद्दार गर्ने नेपाल बायुसेवा निगमले हवाई भाडा घटाएको छ । रोजगारी गुमाएर तथा अन्य विभिन्न समस्या परेर नेपाल फर्कन लागेका बेला निगमले चर्को भाडाासहितको उडान तालिका सार्वजनिक गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

उद्दारको पर्खामा रहेका विभिन्न राष्ट्रमा कामगर्ने कामदारहरुमध्ये अधिकांशले आफ्नो रोजगारी गुमाएर नेपाल फर्कन लागेका हुँदा उनीहरुसँग विमान भाडाासमेत नभएको बताउँदै आएका छन् । काम गुमाएका कामदारलाई सरकारी खर्चमै ल्याउनुपर्नेमा सरकारले चर्को भाडा लिएर व्यापार गर्न खोजेको भन्दै मजदुरहरुले कडा आक्रोश पोखेका थिए । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाईन्स र पर्यटनमन्त्रालयबीचको छलफलपछि उद्दार उडानका लागि यसअघि तय भएको भाडा घटाईको निगम स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय ध्वजाबाहक निगमले भाडा घटाएपछि अन्य निजी विमान कम्पनीलाई पनि उद्दार उडानको लागि भाडा घटाउन चर्को दबाब परेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न गन्तव्यबाट नेपाल आउने नेपालीहरुको लागि तत्काल सरकारले गर्न लागेको उडानको भाडा (नेपाल बायुसेवा निगमको ) दर घटेको हो । जो निम्न अनुसार रहेको छ ।
साइप्रसबाट काठमाडौं
नयाँ भाडादर ७ सय ३० अमेरिकी डलर,
यसअघि तोकिएको ८ सय ३० अमेरिकी डलर ।जोर्डनबाट काठमाडौं
नयाँ भाडादर ६ सय ७५ अमेरिकी डलर,
यसअघि तोकिएको ७ सय ७५ अमेरिकी डलर ।मलेसियाबाट काठमाडौं
नयाँ ३ सय ७२ अमेरिकी डलर,
यसअघि तोकिएको ४ सय ६५ अमेरिकी डलर ।कतारबाट काठमाडौं
नयाँ ३ सय ९२ अमेरिकी डलर,
यसअघि तोकिएको ४ सय ९० डलर ।दुबईबाट काठमाडौं
नयाँ भाडा दर ३ सय ७२ डलर,
यसअघि तोकिएको ४ सय ५० डलर ।ओमानको मस्कटबाट काठमाडौं
नयाँ भाडा दर भाडा ३ सय ६८ डलर,
यसअघि तोकिएको भाडाा ४ सय ६० डलर ।बहराईनबाट काठमाडौं
नयाँ भाडादर ३ सय ९२ ,
यसअघि तोकिएको ४ सय ९० डलर ।कुवेतबाट काठमाडौं
नयाँ भाडादर ४ सय १०,
यसअघि तोकिएको ५ सय १० डलर ।साउदी अरबको रियादबाट काठमाडौं
नयाँ भाडा ४ सय ६५ डलर,
यसअघि तोकिएको भाडा ५ सय ६५ डलर ।साउदीको दमामबाट काठमाडौं
नयाँ ४ सय ३० डलर,
यसअघि तोकिएको ५ सय ३०साउदीको जेज्दाबाट काठमाडौं
नयाँ भाडादर ५ सय ९० डलर,
यसअघि यसअघि ६ सय ९० डलर ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...
लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...
नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...
कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...
Top