काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छन् । आज बिहान शनिबार बिहान पुनर्निर्माण भइरहेका काठमाडौंको ५ वटा सम्पदामा पुगेर राष्ट्रपति भण्डारीले कामको प्रगतिको बारेमा जानकारी लिएकी हुन् ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले काठमाडौंको रानीपोखरी, दरबार हाइस्कुल, सुन्धरास्थित धरहरा, बसन्तपुर क्षेत्रमा रहेको काष्ठमण्डप र नौतले दरबारको अवलोकन गरेकी हुन् । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको बारेमा जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

त्यस क्रममा उनले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग कार्यप्रगतिको बारेमा जानकारी लिएकी थिइन् । जवाफमा ज्ञवालीले आफूहरुले कार्यतलिका नै बनाएर काम अघि बढाएको भन्दै निर्धारित समयभित्रै सबै काम सम्पन्न हुने प्रतिबद्धता जनाएका थिए ।

तस्वीर सौजन्य : राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : विदेशमा  रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...

भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट) भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

२०८० कार्तिक १८ गते शनिबार

०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...

तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन

२०७६ मंशिर २९ गते आइतबार

–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...

८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी ८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...

Top