Best Khabar Team | २०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छन् । आज बिहान शनिबार बिहान पुनर्निर्माण भइरहेका काठमाडौंको ५ वटा सम्पदामा पुगेर राष्ट्रपति भण्डारीले कामको प्रगतिको बारेमा जानकारी लिएकी हुन् ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले काठमाडौंको रानीपोखरी, दरबार हाइस्कुल, सुन्धरास्थित धरहरा, बसन्तपुर क्षेत्रमा रहेको काष्ठमण्डप र नौतले दरबारको अवलोकन गरेकी हुन् । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको बारेमा जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
त्यस क्रममा उनले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग कार्यप्रगतिको बारेमा जानकारी लिएकी थिइन् । जवाफमा ज्ञवालीले आफूहरुले कार्यतलिका नै बनाएर काम अघि बढाएको भन्दै निर्धारित समयभित्रै सबै काम सम्पन्न हुने प्रतिबद्धता जनाएका थिए ।




तस्वीर सौजन्य : राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...
होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...
बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...
हामीलाई घरमै भेटेर फर्कियो कोरोना *
२०७७ भाद्र १६ गते मंगलबार
–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...
Top