Best Khabar Team | २०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९
विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि बलात्कार गरेको अभियोगमा २ महिना अघि पक्राउ परेका सुनसरीका कृष्णदास गिरी आज अदालतको आदेशमा रिहा भएका छन् । सिद्धबाबाको नामले समेत परिचित गिरी गत मंसीर १६ गते विराटनगरको एक नर्सिङ्ग होमबाट पक्राउ परेका थिए ।
प्रहरी पक्राउ गर्न जाँदा उनी स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालको अति सघन कक्षामा उपचाररत थिए । गत कात्तिक ४ गते आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । उनले आफूमाथि झूठो आरोप लगाइएको भन्दै घटनाको प्रतिकार गर्दै उनले करिब आधादर्जन वकिललाई आफ्नो पक्षमा बहस गर्न खटाएका थिए ।
यही मुद्दाको आज थुनछेक बहस सकिएपछि उनलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालत सुनसरीले निर्देशन दिएको हो । उनी आजै तीन लाख रुपैयाँ धरौटी बुझाए धुनामुक्त भएको बताइएको छ ।
करिब साढे १ महिनादेखि जिल्ला अदालतमा मुद्दा चलिरहेको मुद्दामा हिजो र आज दुई दिन चलेको थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश आएको हो । गिरी सुनसरीको चतरा आश्रमका प्रमुख समेत थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि...
सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...
Top