३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त

Best Khabar Team | २०७६ पुष १४ गते सोमबार


३० डिसेम्बर, २०१९
विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि बलात्कार गरेको अभियोगमा २ महिना अघि पक्राउ परेका सुनसरीका कृष्णदास गिरी आज अदालतको आदेशमा रिहा भएका छन् । सिद्धबाबाको नामले समेत परिचित गिरी गत मंसीर १६ गते विराटनगरको एक नर्सिङ्ग होमबाट पक्राउ परेका थिए ।

प्रहरी पक्राउ गर्न जाँदा उनी स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालको अति सघन कक्षामा उपचाररत थिए । गत कात्तिक ४ गते आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । उनले आफूमाथि झूठो आरोप लगाइएको भन्दै घटनाको प्रतिकार गर्दै उनले करिब आधादर्जन वकिललाई आफ्नो पक्षमा बहस गर्न खटाएका थिए ।

यही मुद्दाको आज थुनछेक बहस सकिएपछि उनलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालत सुनसरीले निर्देशन दिएको हो । उनी आजै तीन लाख रुपैयाँ धरौटी बुझाए धुनामुक्त भएको बताइएको छ ।

करिब साढे १ महिनादेखि जिल्ला अदालतमा मुद्दा चलिरहेको मुद्दामा हिजो र आज दुई दिन चलेको थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश आएको हो । गिरी सुनसरीको चतरा आश्रमका प्रमुख समेत थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...

फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी ! फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

२०७७ आश्विन २२ गते बिहिबार

०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक...

१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान १५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...

Top