नवरात्रको नवौ दिन : महानवमी पर्व धुमधामका साथ मनाईँदै, शक्तिपीठमा भक्तजनको भीड

Best Khabar Team | २०८० कार्तिक ६ गते सोमबार


२३ अक्टोबर, २०२३
काठमाडौं । विजयादशमी अन्तर्गत नवरात्रको आज नवौं दिन । देशभरका शक्तिपीठ तथा दशैंघरमा आज सिद्धिदात्री देवीको पुजा आराधना गरी मनाईँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा रहिआएको छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् ।

देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।

नवरात्रको पहिलो दिन दसैँ घर अथवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना शुरुगरिएकोमा आज नवरात्रको नवौँ एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

वर्षमा एकदिनमात्रै खुल्ने काठमाडौंको हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । महा नवमीको दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ । देशभरका शक्तिपीठमा आज पञ्चबली चढाउने प्रचलन समेत रहिआएको छ ।

दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका...

राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न...

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...

कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

२०७६ असार २० गते शुक्रबार

०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा...

Top