कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार


२३ मार्च, २०२०
काठमाडौं । सरकारले आगामी १ साताका लागि देशभर गाडीहरु तथा अन्य सवारी साधन चल्न नदिने तथा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने घोषणा गरेको छ ।

अत्यावश्यक सेवामा रहेकालाई बाहेक अन्यलाई घरबाहिर निस्कन नदिन सरकारले नेपालभर ‘लकडाउन’ (अर्थात् अघोषित कफ्र्यु) को घोषणा गरेको छ । सरकारको यो घोषणासँगै औषधी, खाद्यान्नलगायत बोकेका अत्यावश्यक सेवाका गाडीहरुबाहेक अन्य चल्न नपाउने भएका छन् । नियम उल्लंघन गरेको भेटिएमा सरकारले कडा कारबाही गर्ने भन्दै कोरोना नियन्त्रणका लागि सरकारले शुरु गरेको यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले चैत्र ११ गते मंगलबारदेखि चैत्र १७ गतेसम्मका लागि देशभर कुनैपनि नीजि तथा सार्वजनिक गाडीहरु चल्न नदिने तथा सर्वसाधारणलाई घरबाहिर निस्कन नदिने घोषणा गरेको हो ।

आजमात्रै नेपालमा पहिलोपटक कोरोना संक्रमित भेटिएपछि सरकारले यो घोषणा गरेको हो । कोरोनाको संक्रमण फैलन नदिनका लागि भन्दै यसकारले यसअघि लामो दुरीका सवारी साधन तथा अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्दको घोषणा गरिसकेको छ । सरकारले आज गरेको ८ बुँदे निर्देशन यस प्रकार रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...

Top