४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी

Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार


१८ जुलाई, २०२०
काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि पुनः खोल्ने (सञ्चालनमा ल्याउने) तयारी शुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ५ गतेदेखि देशव्यापी लकडाउन शुरु गरेसँगै पशुपतिनाथको मन्दिर पनि दर्शनार्थीका लागि बन्द गरिएको थियो ।

यद्यपि मन्दिरमा नियमित पुजा एवं आरती भने हुँदै आएको थियो । सरकारले घोषणा गरेको लकडाउनको आंशिक रुपमा खुकुलो भएपनि साउन सात गतेपछि थप लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेसँगै पशुपति क्षेत्र विकास कोषले निश्चित मापदण्ड बनाएर साउन ७ गतेपछि पशुपतिनाथको मन्दिर दर्शनार्थी भक्तजनहरुका लागि खोल्ने तयारी गरेको हो ।

साउन महिना भगवान शिवको प्रिय महिना भएको र भक्तजनहरुले पनि साउनमा पशुपतिनाथको दर्शन गर्ने उत्कट इच्छा राख्ने हुनाले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार सामाजिक दुरी कायम राख्दै र माक्स तथा पञ्जा अनिवार्य गरेर दर्शन गर्ने व्यवस्था गर्न लागिएको कोषको भनाई छ । मन्दिर सञ्चालनमा आएपनि भक्तजनहरुले भगवानका लागि कुनैपनि फूलप्रसाद मन्दिरमा चढाउन पाउने छैनन् । उनीहरुले दीप तथा अगरबत्ती पनि तोकिएको ठाउँमा मात्रै बाल्न पाउने छन् ।

यस्तै मन्दिर प्रवेश गर्दा पनि कम्तीमा ६ फिटको सामाजिक दूरी कायम गर्दै मुखमा माक्स र हातमा पञ्जा अनिवार्य गरिएको छ । मन्दिरको प्रवेशद्वारमा तापक्रम नाप्ने व्यवस्था समेत गरिएको बताइएको छ । विश्वभरका हिन्दु धर्मावलम्बी तथा धार्मिक पर्यटनमा रुची राख्नेहरुको लागि भगवान पशुपतिनाथको मन्दिर अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

हरेक वर्ष पशुपतिनाथको मन्दिर हेर्न तथा दर्शन गर्नका लागि लाखौं हिन्दु धर्मावलम्बीहरु नेपाल आउने गरेका छन् । काठमाडौंको गौशालामा रहेको भगवान शिवको मन्दिर स्वदेशी हिन्दुहरुको लागि पनि महत्वपूर्ण गन्तव्यको रुपमा रहिआएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ...

नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...

पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए

२०८२ बैशाख २४ गते बुधबार

०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...

Top