४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी

Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार


१८ जुलाई, २०२०
काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि पुनः खोल्ने (सञ्चालनमा ल्याउने) तयारी शुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ५ गतेदेखि देशव्यापी लकडाउन शुरु गरेसँगै पशुपतिनाथको मन्दिर पनि दर्शनार्थीका लागि बन्द गरिएको थियो ।

यद्यपि मन्दिरमा नियमित पुजा एवं आरती भने हुँदै आएको थियो । सरकारले घोषणा गरेको लकडाउनको आंशिक रुपमा खुकुलो भएपनि साउन सात गतेपछि थप लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेसँगै पशुपति क्षेत्र विकास कोषले निश्चित मापदण्ड बनाएर साउन ७ गतेपछि पशुपतिनाथको मन्दिर दर्शनार्थी भक्तजनहरुका लागि खोल्ने तयारी गरेको हो ।

साउन महिना भगवान शिवको प्रिय महिना भएको र भक्तजनहरुले पनि साउनमा पशुपतिनाथको दर्शन गर्ने उत्कट इच्छा राख्ने हुनाले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार सामाजिक दुरी कायम राख्दै र माक्स तथा पञ्जा अनिवार्य गरेर दर्शन गर्ने व्यवस्था गर्न लागिएको कोषको भनाई छ । मन्दिर सञ्चालनमा आएपनि भक्तजनहरुले भगवानका लागि कुनैपनि फूलप्रसाद मन्दिरमा चढाउन पाउने छैनन् । उनीहरुले दीप तथा अगरबत्ती पनि तोकिएको ठाउँमा मात्रै बाल्न पाउने छन् ।

यस्तै मन्दिर प्रवेश गर्दा पनि कम्तीमा ६ फिटको सामाजिक दूरी कायम गर्दै मुखमा माक्स र हातमा पञ्जा अनिवार्य गरिएको छ । मन्दिरको प्रवेशद्वारमा तापक्रम नाप्ने व्यवस्था समेत गरिएको बताइएको छ । विश्वभरका हिन्दु धर्मावलम्बी तथा धार्मिक पर्यटनमा रुची राख्नेहरुको लागि भगवान पशुपतिनाथको मन्दिर अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

हरेक वर्ष पशुपतिनाथको मन्दिर हेर्न तथा दर्शन गर्नका लागि लाखौं हिन्दु धर्मावलम्बीहरु नेपाल आउने गरेका छन् । काठमाडौंको गौशालामा रहेको भगवान शिवको मन्दिर स्वदेशी हिन्दुहरुको लागि पनि महत्वपूर्ण गन्तव्यको रुपमा रहिआएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...

झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको...

धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए

२०७६ फाल्गुन २७ गते मंगलबार

१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...

देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित) देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...

Top