क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई

Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार


२९ अप्रिल, २०२०
नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता इफरान खान ब्रह्मलिन भएका छन् । ५४ वर्षका खानको आज बिहान निधन भएको हो । विगत केही वर्षदेखि क्यान्सर रोगसँग पौठाजोरी खेल्दै आएका खानले अन्नतः क्यान्सरलाई जित्न सकेनन् ।

बलिउडमा एकदमै रुचाईएका खानको भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विगत केही हप्तायता खान गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका थिए ।

न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित खान आजभन्दा ५४ वर्षअघि भारतको राजस्थानस्थित जयपुरमा जन्मिएका थिए । शुरुमा नाटकबाट रंगकर्ममा प्रवेश गरेका खानको पछिलो अंग्रेजी चलचित्र मिडियम हो । यस्तै उनका सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबारलगायतका दर्जनौं हिन्दी सिनेमाहरु हिट चलचित्रका रुपमा रहेका छन् ।

यता स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टरका अँग्रेजी चलचित्रमा पनि उनले अभिनय गरिसकेका छन् । स्वर्गीय खानले ७ दिनअघि आफ्नी आमा गुमाएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति ! भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

२०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...

Top