क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई

Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार


२९ अप्रिल, २०२०
नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता इफरान खान ब्रह्मलिन भएका छन् । ५४ वर्षका खानको आज बिहान निधन भएको हो । विगत केही वर्षदेखि क्यान्सर रोगसँग पौठाजोरी खेल्दै आएका खानले अन्नतः क्यान्सरलाई जित्न सकेनन् ।

बलिउडमा एकदमै रुचाईएका खानको भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विगत केही हप्तायता खान गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका थिए ।

न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित खान आजभन्दा ५४ वर्षअघि भारतको राजस्थानस्थित जयपुरमा जन्मिएका थिए । शुरुमा नाटकबाट रंगकर्ममा प्रवेश गरेका खानको पछिलो अंग्रेजी चलचित्र मिडियम हो । यस्तै उनका सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबारलगायतका दर्जनौं हिन्दी सिनेमाहरु हिट चलचित्रका रुपमा रहेका छन् ।

यता स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टरका अँग्रेजी चलचित्रमा पनि उनले अभिनय गरिसकेका छन् । स्वर्गीय खानले ७ दिनअघि आफ्नी आमा गुमाएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते

२०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...

पहिरो रोकथाम गर्न मुग्लिन नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द पहिरो रोकथाम गर्न मुग्लिन नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । पहिरो रोकथामका लागि भन्दै...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

Top