Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर २०२०
काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको घोषणा गरिएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको उचाई दशलव ८६ मिटर थप भएको आज सरकारले सार्वजनिक गरेको छ । काठमाडौंमा नेपाल तथा चीन सरकारले संयुक्तरुपमा गरेको कार्यक्रममा दुबै देशका विज्ञहरुबाट भएको मापन कार्यक्रममा सगरमाथाको उचाई बढेको घोषणा गरिएको हो ।

नापी विभागले गरेको कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेशमन्त्री या वाङ यीले भिडियो कन्फ्रेन्समार्फत् संयुक्तरुपमा सगरमाथाको उचाई बढेको घोषणा गरेका हुन् । सगरमाथाको उचाई नाप्नका लागि चिनियाँ तथा नेपाली पक्षले छुट्टाछुट्टै प्राविधिक परिचालन गरेको थियो । ती प्राविधिकले सगरमाथाको उचाई नापेपछि दुबै देशका सरकारलाई बुझाएको प्रतिबेदनलाई आधार मानेर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।

योसँगै अब विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो भएको छ । सन् १८४९ मा पहिलोपटक सगरमाथाको उचाई मापन कार्यक्रम सम्पन्न भएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...
पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...
ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन
२०७६ पुष १७ गते बिहिबार
०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर...
अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...
Top