Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर २०२०
काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको घोषणा गरिएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको उचाई दशलव ८६ मिटर थप भएको आज सरकारले सार्वजनिक गरेको छ । काठमाडौंमा नेपाल तथा चीन सरकारले संयुक्तरुपमा गरेको कार्यक्रममा दुबै देशका विज्ञहरुबाट भएको मापन कार्यक्रममा सगरमाथाको उचाई बढेको घोषणा गरिएको हो ।

नापी विभागले गरेको कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेशमन्त्री या वाङ यीले भिडियो कन्फ्रेन्समार्फत् संयुक्तरुपमा सगरमाथाको उचाई बढेको घोषणा गरेका हुन् । सगरमाथाको उचाई नाप्नका लागि चिनियाँ तथा नेपाली पक्षले छुट्टाछुट्टै प्राविधिक परिचालन गरेको थियो । ती प्राविधिकले सगरमाथाको उचाई नापेपछि दुबै देशका सरकारलाई बुझाएको प्रतिबेदनलाई आधार मानेर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।

योसँगै अब विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो भएको छ । सन् १८४९ मा पहिलोपटक सगरमाथाको उचाई मापन कार्यक्रम सम्पन्न भएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...
आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान
२०७७ श्रावण ६ गते मंगलबार
२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
Top