Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१
काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश दुलालको नाम नसुन्ने सायदै कोही थिएनन् होलान् । तर एकाएक विगत १ दशकदेखि उनै गायक दुलाल कता के गर्दैछन् भन्ने संगीतका पारखीहरुलाई खुल्दुली भै रहेको थियो । नेपाली लोक दोहोरी क्षेत्रमा लामो समयसम्म चर्चामा रहिरहन सफल दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम जस्तै बनेका थिए । उनका गीतहरु कि त रेडियोमा सुन्नुपर्ने नत्र युट्वमा खोज्नुपर्ने अवस्था थियो ।

धेरैले सोचेका थिए , उनी सांगीतिक आकाशबाट विस्तारै अब ओझेल परे । तर ‘नारायण थान मा गेट’, ‘दमौली मा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’ लगायतका दर्जनौं गीतमा आवाज दिएका उनै गायक दुलाल ११ वर्षपछि पुनः नेपाली सांगीतिक आकाशमा नयाँ सांगीतिक प्रस्तुती लिएर आएका छन् । १२ वर्षमा खोलो पनि फर्कन्छ भने जस्तै ११ वर्षदेखि गुमनाम जस्तै भएका गायक घमेशको जिवन कोल्टो फेरेको छ । पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् ।
काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो संचालमा ल्याएका छन् , यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयां लोक दोहोरी गीत ‘बनमा खयर’ । यसमा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् ।
चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले गरेका छन् । ‘बनमा खयर’ नामक गीत सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...
प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...
Top