११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित)

Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार


२६ फेब्रुअरी, २०२१
काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश दुलालको नाम नसुन्ने सायदै कोही थिएनन् होलान् । तर एकाएक विगत १ दशकदेखि उनै गायक दुलाल कता के गर्दैछन् भन्ने संगीतका पारखीहरुलाई खुल्दुली भै रहेको थियो । नेपाली लोक दोहोरी क्षेत्रमा लामो समयसम्म चर्चामा रहिरहन सफल दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम जस्तै बनेका थिए । उनका गीतहरु कि त रेडियोमा सुन्नुपर्ने नत्र युट्वमा खोज्नुपर्ने अवस्था थियो ।

धेरैले सोचेका थिए , उनी सांगीतिक आकाशबाट विस्तारै अब ओझेल परे । तर ‘नारायण थान मा गेट’, ‘दमौली मा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’ लगायतका दर्जनौं गीतमा आवाज दिएका उनै गायक दुलाल ११ वर्षपछि पुनः नेपाली सांगीतिक आकाशमा नयाँ सांगीतिक प्रस्तुती लिएर आएका छन् । १२ वर्षमा खोलो पनि फर्कन्छ भने जस्तै ११ वर्षदेखि गुमनाम जस्तै भएका गायक घमेशको जिवन कोल्टो फेरेको छ । पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् ।

काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो संचालमा ल्याएका छन् , यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयां लोक दोहोरी गीत ‘बनमा खयर’ । यसमा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् ।

चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले गरेका छन् । ‘बनमा खयर’ नामक गीत सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...

धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...

Top