Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२०
जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । स्वीट्जरल्याण्डका समाचारमाध्यमका अनुसार इटलीसँग सिमाना जोडिएको स्वीट्जरल्याण्डको दक्षिणी भूभाग ‘कान्तन टिसिनो’ नामक शहरमा एक पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो ।
केही हप्ता अघि इटालीको मिलानो शहर गएका ती पुरुष व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालमा राखेर परिक्षण थालिएको थियो । ल्याव परीक्षणका क्रममा उनमा कोरोना भाईरस लागेको पुष्टि भएको बताइएको छ । यद्यपि ती व्यक्तिको अवस्था सामान्य रहेको स्वीस इन्फो नामक अनलाईनले जनाएको छ ।

स्वीट्जरल्याण्डमा हालसम्म ३०० जनामा कोरोनाको परिक्षण गरिएको भएपनि कसैलाई पनि कोरोना भएको पुष्टि भएको थिएन । तर आज दिउँसो आएको रिपोर्टले ती व्यक्तिमा भने कोरानाको संक्रमण भेटिएपछि उनलाई लुगानो शहरस्थित एक अस्पतालमा आइसोलेसन वार्डमा राखेर उपचार गरिँदैछ । कोरोनाको संक्रमण देखिएलगत्तै यहाँको स्वास्थ्य मन्त्रालय र सुरक्षा अधिकारीहरुले यसलाई थप फैलन नदिन आवश्यक सावधानी अपनाउने जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...
एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...
डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...
Top