Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले विकराल रुप लिँदासम्म युरोपसँग सिमाना जोडिएको रसियामा कोरोनाको संक्रमण खासै फैलिएको थिएन । धेरैले रसियामा कोरोना संक्रमण नफैलिनुका पछाडि विभिन्न खाले कारण रहेको अड्कलबाजी समेत गर्न थालेका थिए । रसिया अर्थात् रुसमा मार्चको १ तारिखसम्म २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । यस्तै मार्चको १९ तारिखमात्रै कोरोनाका कारण पहिलो संक्रमितको ज्यान गएको थियो ।
तर करिब साढे २ महिनाको यस अवधिमा रसिया कोरोना संक्रमणको हिसावले विश्वको दोश्रो ठूलो राष्ट्र बनेको छ । आइतबार यो समाचार तयार पार्दासम्म अमेरिका पछि रसिया दोश्रो नम्बरमा बढी संक्रमितको सूचीमा सूचीबद्ध बनेको छ । रसियामा यो समाचार तयारापर्दासम्म २ लाख ८१ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ भने कोरोना संक्रमणमा परेकामध्ये ६७ हजार ३ सय ७३ जना उपचारपछि घर फर्केका छन् ।

रसियामा अहिले दैनिक १० हजारको हाराहारीमा संक्रमितहरु फेला पर्न थालेका छन् । हिजोसम्म संक्रमितको सूचीमा तेश्रो नम्बरमा रहेको रसियाले आज युरोपेली मुलुक स्पेनलाई पछि पार्दै दोश्रो नम्बरमा उक्लिएको हो । रसियामा आजमात्रै कोरोनाका ९ हजार ७ सय ९ जना नयाँ संक्रमित भेटिएका छन् । अब विश्वमा धेरै जनामा कोरोना संक्रमण भएको मुलुकमा अमेरिकापछि रसिया र तेश्रो नम्बरमा स्पेनको नाम आउँछ । स्पेनमा यो समाचार तयारा पर्दा २ लाख ७६ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
तर मृतकको संख्या हेर्दा स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ हजार ५ सय ६३ रहेको छ । रसियामा २ हजार ३ सय भन्दा बढी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...
भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...
स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक...
Top