रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार


१७ मे, २०२०
मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले विकराल रुप लिँदासम्म युरोपसँग सिमाना जोडिएको रसियामा कोरोनाको संक्रमण खासै फैलिएको थिएन । धेरैले रसियामा कोरोना संक्रमण नफैलिनुका पछाडि विभिन्न खाले कारण रहेको अड्कलबाजी समेत गर्न थालेका थिए । रसिया अर्थात् रुसमा मार्चको १ तारिखसम्म २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । यस्तै मार्चको १९ तारिखमात्रै कोरोनाका कारण पहिलो संक्रमितको ज्यान गएको थियो ।

तर करिब साढे २ महिनाको यस अवधिमा रसिया कोरोना संक्रमणको हिसावले विश्वको दोश्रो ठूलो राष्ट्र बनेको छ । आइतबार यो समाचार तयार पार्दासम्म अमेरिका पछि रसिया दोश्रो नम्बरमा बढी संक्रमितको सूचीमा सूचीबद्ध बनेको छ । रसियामा यो समाचार तयारापर्दासम्म २ लाख ८१ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ भने कोरोना संक्रमणमा परेकामध्ये ६७ हजार ३ सय ७३ जना उपचारपछि घर फर्केका छन् ।

रसियामा अहिले दैनिक १० हजारको हाराहारीमा संक्रमितहरु फेला पर्न थालेका छन् । हिजोसम्म संक्रमितको सूचीमा तेश्रो नम्बरमा रहेको रसियाले आज युरोपेली मुलुक स्पेनलाई पछि पार्दै दोश्रो नम्बरमा उक्लिएको हो । रसियामा आजमात्रै कोरोनाका ९ हजार ७ सय ९ जना नयाँ संक्रमित भेटिएका छन् । अब विश्वमा धेरै जनामा कोरोना संक्रमण भएको मुलुकमा अमेरिकापछि रसिया र तेश्रो नम्बरमा स्पेनको नाम आउँछ । स्पेनमा यो समाचार तयारा पर्दा २ लाख ७६ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

तर मृतकको संख्या हेर्दा स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ हजार ५ सय ६३ रहेको छ । रसियामा २ हजार ३ सय भन्दा बढी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

‘लकडाउन’  कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी ‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को...

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

२०७८ श्रावण १७ गते आइतबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

Top