बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


१३ डिसेम्बर, २०१९
काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । ‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् ।

जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले भने, ‘करिब ४ बर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय हो । त्यसैले पनि हाम्रो मेहनतलाई दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...

प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित) प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...

कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...

Top