मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान

Best Khabar Team | २०८० आश्विन २९ गते सोमबार


१६ अक्टोबर, २०२३
काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्रमश उपन्यासकार विशेक ओझा र कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको छ । ललितपुरमा आज गरिएको एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षीतले ओझा र मुखिलालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही चार लाख रुपैयाँ रहेको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित पुस्तकहरुमध्येबाट छनौट गरेर उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

पुरस्कृतद्वय विबेक ओझा र टेकवीर मुखिया ।

यही क्रममा ओझाले लेखेको पुस्तक ‘ऐंठन’ले यो वर्षको मदन पुरस्कारको उपाधी प्राप्त गरेको हो । उपन्यासकार ओझाले माओवादीले विगतमा गरेको सशस्त्र युद्दको विषयहरुलाई यो पुस्तकमा समावेश गरेका छन् । विगतमा नेपाल राष्ट्र एवम् नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न लेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोग गरेको भन्दै सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गुठीले गरेको थियो । मदन पुरस्कार विक्रम संवत २०१२ सालमा स्थापना भएको हो । पहिलो पटक यो पुरस्कार २०१३ सालमा स्वर्गीय सत्यमोहन जोशी र बलराम जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

यस्तै यो वर्षको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले भने नेपाली वाङ्गमयको क्षेत्रमा सक्रिय छन् । उनी चित्रकलामा नेपालका चर्चित कलाकारको रुपमा चिनिन्छन् । मुखियाले यसअघि गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायत दर्जनौं पुरस्कार पाइसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने

२०७७ फाल्गुन २२ गते शनिबार

०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित) नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...

नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...

Top