Best Khabar Team | २०७९ फाल्गुन १ गते सोमबार
१३ फेब्रुअरी, २०२३
इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको भूकम्पमा परी हालसम्म ३६ हजारभन्दा बढीको ज्यान गै सकेको गएको पुष्टि भएको छ । टर्की र सिरियाको विपत् व्यवस्थापन आयोगलाई हलावा दिँदै राष्ट्रसंघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म टर्कीमा भूकम्पबाट सोमबार साँझसम्म साढे ३१ हजार भन्दा बढीको ज्यान गै सकेको छ ।

यता सिरियामा पनि भूकम्पमा परी ज्यान जानेको संख्या ४ हजार ३ सय नाघेको छ । सरकारी अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विपत् व्यवस्थापनमा खटिएका अधिकारीहरुका अनुसार कतिपय भवनमा पुरिएकाहरुको अझै उद्दार गर्न सकिएको छैन भने अस्पतालमा घाइतेहरुको संख्या पनि उल्लेख्य बढेको छ । अस्पतालमा भर्ना गरिएकामध्ये कतिपयको अवस्था गम्भीर छ । सरकारी अधिकारीहरुले मृतकको संख्या दोब्बर हुने अनुमान गरेको छन् ।
भूकम्पमा परेर च्यापिएकाहरुको जीवितै उद्दार गर्ने सम्भावना भने लगभग सकिएको बताइएको छ । उद्दार कार्यसकिएसँगै अब भूकम्पमा परेकाहरुको लागि आवश्यक पर्ने खानेकुरा, बासस्थान तथा उनीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सेवालगाययतका विषययमा उद्दारकर्ताहरुले ध्यान दिन थालेका छन् । टर्कीमा तापमान घट्ने क्रममा रहेका कारण उद्दार कार्यमा कठिनाई भएको तथा भूकम्प पीडितहरुका लागि अवश्यक पर्ने बासस्थान, खानेकुरालगायत उपलब्ध गराउन कठिनाई भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दक्षिण कोरिया पुग्यो कोरोना भाइरसको प्रकोप, १ को मृत्यु, कम्तीमा १ सयमा संक्रमण
२०७६ फाल्गुन ९ गते शुक्रबार
२१ जनवरी, २०२० सोल । दक्षिण कोरियामा पहिलोपटक कोरोना...
कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...
पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन
२०७६ पुष २८ गते सोमबार
१३ जनवरी, २०२० लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण...
Top