Best Khabar Team | २०७९ फाल्गुन १ गते सोमबार
१३ फेब्रुअरी, २०२३
इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको भूकम्पमा परी हालसम्म ३६ हजारभन्दा बढीको ज्यान गै सकेको गएको पुष्टि भएको छ । टर्की र सिरियाको विपत् व्यवस्थापन आयोगलाई हलावा दिँदै राष्ट्रसंघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म टर्कीमा भूकम्पबाट सोमबार साँझसम्म साढे ३१ हजार भन्दा बढीको ज्यान गै सकेको छ ।

यता सिरियामा पनि भूकम्पमा परी ज्यान जानेको संख्या ४ हजार ३ सय नाघेको छ । सरकारी अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विपत् व्यवस्थापनमा खटिएका अधिकारीहरुका अनुसार कतिपय भवनमा पुरिएकाहरुको अझै उद्दार गर्न सकिएको छैन भने अस्पतालमा घाइतेहरुको संख्या पनि उल्लेख्य बढेको छ । अस्पतालमा भर्ना गरिएकामध्ये कतिपयको अवस्था गम्भीर छ । सरकारी अधिकारीहरुले मृतकको संख्या दोब्बर हुने अनुमान गरेको छन् ।
भूकम्पमा परेर च्यापिएकाहरुको जीवितै उद्दार गर्ने सम्भावना भने लगभग सकिएको बताइएको छ । उद्दार कार्यसकिएसँगै अब भूकम्पमा परेकाहरुको लागि आवश्यक पर्ने खानेकुरा, बासस्थान तथा उनीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सेवालगाययतका विषययमा उद्दारकर्ताहरुले ध्यान दिन थालेका छन् । टर्कीमा तापमान घट्ने क्रममा रहेका कारण उद्दार कार्यमा कठिनाई भएको तथा भूकम्प पीडितहरुका लागि अवश्यक पर्ने बासस्थान, खानेकुरालगायत उपलब्ध गराउन कठिनाई भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)
२०७७ फाल्गुन १३ गते बिहिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष...
क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए
२०७७ माघ ३ गते शनिबार
१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...
काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...
Top