Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार
– तेजनिधि पौडेल
वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल पक्षको पुत्रदा एकादशीको दिन रातको समय जेष्ठा नक्षेत्र बिहीबार मांगलिक संयोग परेको समय चतुर्बाहुरुप नारायण सुन्दर मानव शरीर धारण गरी प्रकट हुनुभयो । रोल्पाको रुम्टी गाउँमा पिता अनिरुद्र गौतम आमा श्वेताकुमारी गौतमको काखमा जन्म भएको बालकको नाम नारायण रह्यो।
उहाँलाई जन्मेको सातौं दिनबाट गाईको दूध खुवाउन थालियो। कारण छैंठौ दिनमा आमाले आमीष पदार्थ (मासु) खानु भएकोले आमाको दूध चुस्नु भएन । उहाँ सातौं दिनबाटै बोल्न थाल्नुभयो। नारायणरुप लिएर अवतरण गरेको कुरा आमालाई जानकारी गराउनुभयो। षष्ठी देवीको पूजा गरियो। आमाले मासु खाएकोले आमाको दूध पिउनु भएन । सो कुराको जानकारी आमालाई गराउनुभयो। चार वर्षको पुगेपछि माटोको थुप्रोमा पुगी शिवलि· बनाई फूलपातले पूजागर्न थाल्नुभयो। उहाँ ५ वर्षको हुँदा ग्वालालाई भन्नुभयो–गाईवस्तु आज त्यो ठाउँमा (शशिलेकमा) नलैजानू, त्यहाँ ठूलो पहिरो जानेछ तर गोठालाले पत्याएनन्।
एक्कासि हावाहुरी चल्यो,पानी आयो,कतिपय गोठाला घाइते भए। उहाँ वि.सं. १९२१–१९२४ सम्म तपस्यामा रहनुभयो र तपस्या र साधना ज्यादै गुप्त रह्यो। पिता अनिरmद्र बिरामी परेको थाहा पाई तपस्यामा लीन हुँदाहुँदै पिताजी समक्ष जानुभयो । नारायणको नाम स्मरण गराउँदा गराउँदै उहाँको जीवनलीला समाप्त भयो। अर्थात्संसारबाट बिदा लिनुभयो। संसारको असारताका बारेमा सम्झाई–बुझाई शवको अन्त्येष्टी संस्कार सम्पन्न गराउनुभयो। बालतपस्वी प्रभु स्वयम्ले पिताका सम्पूर्ण तेह्रौं दिनसम्मका क्रिया कर्म समाप्त पारी पितृकर्तव्य पालना गरी आफ्नै कुटीमा गई तपस्या गर्न लाग्नुभयो। उहाँ शशिलेकको गुफातर्फ लाग्नुभयो। हिंड्नेबेलामा मातालाई घरमा नै बसेर प्रभुभजन र तपस्या गर्न आग्रह गर्दै आफू तपस्याका लागि जानुभयो।
केही समय फलाहार त्यसपछि जलाहार र निराहार रही आफ्नो कठोर तपस्याद्वारा ब्रह्मचिन्तनको क्रमलाई अगाडि बढाउनुभयो। यो क्रम वि.सं. १९२९–१९४१ सम्म रह्यो। यो अतिमानुष तपस्याद्वारा प्रभावित भएका सिद्धगण र ब्रह्मज्ञानी बालतपस्वी प्रभुलाई ।।। बालतपस्वी महाप्रभु’ भनी सम्बोधन गर्न थाले। यसअघि आमा श्वेताकुमारीको इच्छाअनुसार उहाँलाई विवाह गरिदिन खोज्दा कुष्ठरोग भएको अवस्था सिर्जना गरी कुष्ठरोगी बन्नुभएकोले विवाह नगर्ने कुरा जानकारी गराउँदा आमा निराश हुनुभएको थियो।
“नारायणको नाम स्मरण गराउँदा गराउँदै उहाँको जीवनलीला समाप्त भयो। अर्थात्संसारबाट बिदा लिनुभयो। संसारको असारताका बारेमा सम्झाई–बुझाई शवको अन्त्येष्टी संस्कार सम्पन्न गराउनुभयो। बालतपस्वी प्रभु स्वयम्ले पिताका सम्पूर्ण तेह्रौं दिनसम्मका क्रिया कर्म समाप्त पारी पितृकर्तव्य पालना गरी आफ्नै कुटीमा गई तपस्या गर्न लाग्नुभयो। उहाँ शशिलेकको गुफातर्फ लाग्नुभयो। हिंड्नेबेलामा मातालाई घरमा नै बसेर प्रभुभजन र तपस्या गर्न आग्रह गर्दै आफू तपस्याका लागि जानुभयो।’’
उहाँ आफू बसेको गाउँलेहरुले बनाइदिएको कुटीमा आगो उत्पन्न गरी कुटी जलाउनु जस्ता कार्य प्रभुबाट भएका थिए। अर्थात्उहाँ प्रभु गृहस्थ जीवनमा आउन चाहनुभएन,फगत ईश्वरलीलामा मग्न रहनुभयो। उहाँकुटी जलाई शशिलेक गुफातिर ध्यान, तपस्या गर्न जानुभयो। महाप्रभु समक्ष काशीको जुनाअखडाका दशनामी स्वामी सच्चिदानन्द आउनुभयो। प्रभुले उहाँबाट दीक्षा लिनुभयो। महाप्रभुको नाम हंसानन्द गिरी राखिदिनुभयो। अन्य दुईजनाको नामअनन्तानन्द गिरी र दौलतानन्द गिरी राखिदिनुभयो। अनन्तानन्दलाई तपस्या गर्न र भागीरथीको तटमा अन्नदान गर्न निर्देशन दिनुभयो भने दौलतानन्दलाई महाप्रभुको सेवा र सहयोग गर्न आदेश दिनुभयो। वि.सं. १९४४ मा महाप्रभुले रmम्टी गाउँको शशिलेकमा विशाल यज्ञशाला र मन्दिर बनाई यज्ञ सञ्चालन गर्नुभयो। यज्ञबाट गाउँको वातावरण नै भिन्न भयो।
१९४४–१९५१ सम्म अनवरत रुपमा यज्ञ चल्यो। यज्ञ समाप्त भएपछि महाप्रभु आफ्ना गुरm महाराज र शिष्य बोधानन्द गिरी(पूजारी महाराज)लाई आफ्नो इच्छा प्रकट गर्नुभयो र गहन वनको बाटो पार गरी बेलुका स्वर्गद्वारी शिखरमा पुग्नुभयो। भगवान्को नाम स्मरण गर्दै त्यो रात गुरm सच्चिनानन्द गिरी र शिष्य पूजारीका साथ स्वर्गद्वारी पर्वतको दीर्घ तपस्वी बाँझको रुखखमुनिविश्राम गर्नुभयो। शड्ढरावतार गुरु सचिदानन्द गिरी, नारायण अवतार महाप्रभु र शेषावतार बोधानन्द गिरी स्वर्गद्वारीमा त्रिदेव समान विराजमान हुनुभयो। स्वर्गद्वारीमा पुगेको पहिलो रातमा प्रभुले विश्रामगर्नुभएको दीर्घ तपस्वी बाँझको रmखको आफ्नै इतिहास छ।
आश्रमको यज्ञ मण्डपको दक्षिण भागमा रहेको यो रुख स्वर्गद्वारी आश्रमको साक्षी हो। जसलाई उही बेलामा महाप्रभुले ५५० वर्ष पुगिसकेको बताउनुभएको थियो। आश्रमले यस रुखको फेंदमा चौतारी बनाई विशेष संरक्षण गरेको छ। स्वर्गद्वारी पुगेर कुनै यात्रीले यसको दर्शन गरेन र जानेन भने एउटा पाटो छुटेको ठहर्नेछ। त्यसबेला कविशिरोमणि लेखनाथ पौडेलले महाप्रभुको सान्निध्यमा रही उहाँको जीवनी लेख्न अनुरोध गर्दा महाप्रभुले मान्नुभएन। त्यसैले उहाँले उक्त तपस्वी वृक्षलाई मुख्य प्रतीक बनाएर “तरु णतपस्वी”काव्य रचना गर्नुभएको थियो। केही समयपछि रु कुमबाट बौद्धिक गुरु टीकाराम गौतम स्वर्गद्वारी आउनुभयो।
महाप्रभुले उहाँबाट यज्ञशाला र कुण्ड निर्माण गराउनुभयो। यज्ञमण्डप १०८ हात छ भने बाहिरबाट हेर्दा नौ वटा गजुर भएको नै मन्दिर देखिन्छ। भित्र प्रवेश गर्दा एउटै मन्दिरमा प्रवेश गरेझैं देखिन्छ। यज्ञशालाको बीचमा मुख्य कुण्ड छ। चार दिशामा चार कुण्डसहितको मन्दिर सुशोभित छ। टीकाराम गौतमद्वारा मन्दिर निर्माण भयो। उहाँलाई महाप्रभुबाट आचार्यमा वरण गर्नुभयो। वि.सं. १९५२ साल वैशाख पूर्णिमाका दिन महाप्रभुसहित अन्य सिद्ध, सन्त र विद्वान्ब्राह्मणको उपस्थितिमा भूसंस्कारसहित समिधा स्थापना गरी महायज्ञको शुभारम्भ गरियो। अग्निजगाउने समयमा महाप्रभुको आज्ञाअनुसार आचार्य टीकाराम गौतमजीले हृदयमा अग्नि भगवान्को ध्यान गर्दै वैदिक मन्त्रको उच्चारण गर्नुभयो। मन्त्रको अन्त्यमा अग्नि भगवान्स्वयम्प्रकट हुनुभयो। ५वटै कुण्डमा एकैसाथ अग्निका ज्वाला देखिए। त्यसपछि जयजयको ध्वनिले स्वर्गद्वारी पुरी गुञ्जायमान भयो। अवीर,लावा र पुष्पवृष्टि भयो। अखण्ड महायज्ञको विधिवत्प्रारम्भ भयो।
महाप्रभुले पुण्यतीर्थ, पुण्यनदी, पुण्यक्षेत्रको आह्वान गर्नुभयो। यिनी यज्ञीय गाईको रुपमा स्वर्गद्वारीमा आउनथाले। यो रहस्यको ज्ञान महाप्रभुलाई मात्र थाहा थियो। सुविधाजनक गोठ बनाएर आफै गोसेवमा लाग्नुभयो। गुरm महाराज सच्चिदानन्द गिरीज्यूको कुटी तयार भयो। दर्शनार्थीलाई खाने पिउने व्यवस्था मिलाउनुभयो। राप्ती अञ्चलको प्यूठान जिल्लामा पर्ने सर्वोत्तम शैलशिखर स्वर्गद्वारीलाई आफ्नो सड्ढल्पले मात्र वैकुण्ठपुरी जस्तो विलक्षण पुरी बनाइदिनुभयो। महाप्रभुले यज्ञ समापन नगर्ने अविछिन्न चलाई राख्ने प्रतिज्ञाअनुसार आजसम्म यज्ञ चलिरहेको छ। कलिको अन्तमा देवगुरm बृहस्पति आई यो यज्ञको समापन हुनेछ भनी भन्नुभएको थियो भन्ने कुरा भोगेका सुनेकाबाट जानकारी हुन आएको हो।
यी नारायण अवतार प्रभुको सरकारलाई पत्र “नेपाल सम्राट्श्री ५ महाराजविराज एवम्श्री ३ सरकार ! स्वर्गद्वारी योगीको तर्फबाट चतुर्वेदोक्त आशीर्वाद। विश्वकल्याणको लागि मैले प्रारम्भ गरेको अखण्ड महायज्ञको विषयमा यहाँलाई जानकारी नै छ। तपाईंको सुदृष्टिले यज्ञकार्य चालिरहेको छ। म आगामी मार्गशीर्ष शुक्ल चतुर्थीका दिन शरीर त्यागेर जाँदैछु। तपाईंको राज्य देवराज्य हो। यसकारण तपाईंको सहयोगबाट अखण्ड महायज्ञको रक्षा अवश्य हुनेमा म विश्वस्त छु। यहीं कारणले गर्दा मैले नेपालमा महायज्ञ आरम्भ गरेको हुम्। मैले आजसम्म गरेको धर्म र जम्मा गरेको धन तपाईंकै नै हो।
आजसम्म गरेको विशेष कर्म र अखण्ड महायज्ञद्वारा पृथ्वीको भार कम भएको छ। अखण्ड महायज्ञको लागि जमिन किनेको छु। यसको सुरक्षा तपाईंले गर्नुपर्नेछ । १९९७ सालको मंसिर महिना थियो। आउने संकटबाट सबैत्रसित थिए। सबैको मुटुको चाल बढिरहेको थियो। सबैको अनुहार मलिन थियो। भयभीत दृष्टिले एकअर्कालाई हेर्दा अनिष्टको आशड्ढा मात्रै अनुमान गर्न सकिन्थ्यो। यसरी महाप्रभुको दिव्य धामपश्चात्समाधि निर्माण गरी अष्टकोण वेदी बनाई नर्मदेश्वर शिवलि·को स्थापना गरीहंसेश्वरमहादेवको पनि स्थापना गरेरउहाँ महाप्रभुलेवि.सं. १९९७ साल मार्गशीर्ष शुक्ल पक्षको चौंथी तिथिमा आफ्नो पाञ्चभौतिक देह त्याग गर्नुभएको हो।
लेखकको मन्तव्य जसरी यो स्वर्गद्वारीलाई महाप्रभुले स्वर्ग जाने बाटोको रुपमा आश्रम स्थापित गर्नुभयो। हामी पनि महाप्रभुले देखाएको बाटोलाई अनुशरण गरी हिन्दू धर्म र संस्कृतिको जगेर्ना गर्न सदा लागिपरौं । महाप्रभुले देखाएको बाटोलाई नभुलौं। हाम्रो धर्म र संस्कृतिको बचाउ गर्दै प्रभुले देखाएको बाटोमा हिंडौं। यही हाम्रो मूल धर्म र मन्त्र हो। साथै यस पुण्यभूमि स्वर्गद्वारीको बारेमा यो लेखकलाई पनि वि.सं. २०४० सालतिर दर्शन गर्ने अवसर मिलेको थियो। लाग्छ यो देख्दा त्यहाँ ईश्वरको बास छ। महाप्रभुले भनेजस्तै दाङ र देउखुरीमा स्वर्गद्वारीको अचल सम्पत्ति प्रशस्तभएको बारेमा लेखक पनि सरकारी सेवामा दाङमा रहँदा जानकारी भएको विषय हो। आज त्यो पुण्यभूमिको सम्पत्तिमा बाहिरी हस्तक्षेप हुन लागेको सुन्नमा आउँदा दुःख लाग्नु स्वाभाविक हो। अतः यस विषयमा सबै सचेत रहौं,पुण्यभूमिको संरक्षणमा लागौं।
(बुटवल–१०, मिलनपथ, रुपन्देही)
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका...
२०२६ पुष १७ गते बिहिबार
२० मे, २०२०काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको...
२०२६ पुष १७ गते बिहिबार
२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...
२०२६ पुष १७ गते बिहिबार
– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...
Top