Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार गरी निको भएर घर फर्केका काठमाडौंका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । अस्पताल स्रोतका अनुसार गत चैत्र ५ गते बेलायतबाट आफ्नी आमासँगै काठमाडौं आएका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो । उनले आफूमा कोरोना संक्रमण देखिएपछि १० दिनसम्म अस्पताल बसेर उपचार गराएका थिए ।

पछि उनको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि चिकित्सकले उनलाई अस्पतालबाट डिस्चार्ज गरिदिएका थियो । उनी गएको बैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रुपमा घरमै बस्दै आएका थिए । तर चिकित्सकहरुले एकसातापछि फेरि चेकजाँचका लागि आउन सुझाव दिएसँगै उनी हिजो अस्पताल पुगेका थिए । उनको पुनः स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतको भनाई छ ।
स्वाब परीक्षणका क्रममा फेरि कोरोना देखिएपछि उनलाई पाटन अस्पतालकै आइसोलेसन वार्डमा राखेर पुनः उपचार थालिएको छ । उनीसँगै निको भएर उनको घरमा गएकी आमाको भने रिपोर्ट आइनसकेको बताइएको छ । चैत्र ५ गते ५२ वर्षका ती पुरुष र ८१ वर्षकी उनकी आमा बेलायतबाट काठमाडौं आएका थिए । चेकजाँचका क्रममा गत बैशाख १ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...
युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)
२०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...
समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...
फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले...
Top