काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०
काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका कारण आज दिउँसो १ बजेपछि काठमाडौंको सुन्धारा क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । दिउँसो ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल भ्रमणवर्षको औपचारिक कार्यक्रमका कारण सुन्धारा आसपासका क्षेत्रमा अत्याश्यक सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीको भद्रकाली माइतीघर थापाथली, टेकुलगायतका क्षेत्र भएर रंगशाला आसपासमा चल्ने सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक लगाइएको हो । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु रंगशाला जाने कार्यक्रम रहेकोले सुरक्षाको लागि भन्दै सो क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको हो ।

यस्तै विभिन्न संघसंस्थाले राजधानीका विभिन्न स्थानबाट कला र संस्कृति झल्कने झाँकीसहित रंगशालामा हुने भ्रमणवर्ष कार्यक्रममा सहभागिता जनाउने भएकाले पनि सो क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा रोक लगाइएको हो । लाखौंको उपस्थितिमा सरकारले आज नेपाल भ्रमणवर्ष २०२० को औपचारिक घोषणा गर्दैछ । प्रहरीले सो क्षेत्र भएर चल्ने सवारी साधनलाई बैकल्पि मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ । उद्घाटन कार्यक्रम साँझ ६ बजेसम्म चल्ने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...

हामीलाई घरमै भेटेर फर्कियो कोरोना * हामीलाई घरमै भेटेर फर्कियो कोरोना *

२०७७ भाद्र १६ गते मंगलबार

–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...

Top