काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०
काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका कारण आज दिउँसो १ बजेपछि काठमाडौंको सुन्धारा क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । दिउँसो ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल भ्रमणवर्षको औपचारिक कार्यक्रमका कारण सुन्धारा आसपासका क्षेत्रमा अत्याश्यक सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीको भद्रकाली माइतीघर थापाथली, टेकुलगायतका क्षेत्र भएर रंगशाला आसपासमा चल्ने सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक लगाइएको हो । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु रंगशाला जाने कार्यक्रम रहेकोले सुरक्षाको लागि भन्दै सो क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको हो ।

यस्तै विभिन्न संघसंस्थाले राजधानीका विभिन्न स्थानबाट कला र संस्कृति झल्कने झाँकीसहित रंगशालामा हुने भ्रमणवर्ष कार्यक्रममा सहभागिता जनाउने भएकाले पनि सो क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा रोक लगाइएको हो । लाखौंको उपस्थितिमा सरकारले आज नेपाल भ्रमणवर्ष २०२० को औपचारिक घोषणा गर्दैछ । प्रहरीले सो क्षेत्र भएर चल्ने सवारी साधनलाई बैकल्पि मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ । उद्घाटन कार्यक्रम साँझ ६ बजेसम्म चल्ने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’ विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...

अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...

चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको...

Top