पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

Best Khabar Team | २०८० फाल्गुन १ गते मंगलबार


१३, फेब्रुअरी, २०२४
तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा आज भएको यात्रुबाहक जीप दुर्घटनामा ३ जना पुरुष र ७ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ की २० वर्षकी गीता सुनार, रिब्दीकोट गाउँपालिकी ६६ वर्षकी विष्णुकला कामी र सोही स्थान घर भएकी ६५ वर्षीया दिल कुमारी सुनारको ज्यान गएको छ ।

सांकेतिक तस्वीर

यस्तै तिनाउ गाउँपालिका यन कुमारी पन्त, सोही ठाउँ बस्ने २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामीको पनि दुर्घटनामा परी मृत्यु भएको छ । स्थानीय डुम्रेबाट चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जिप पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवलकी ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि सोही दुर्घटनामा परी घटनास्थलमै ज्यान गएको छ । कच्ची सडकमा जीप अनियन्त्रित भै करिब ३ सय मिटर तल खसेको थियो ।

दुर्घटना भएको जीपका चालक पाल्पाको तानसेन नगरपालिका–१० का दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भै रहेको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण सो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने

२०७६ माघ २८ गते मंगलबार

११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...

भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...

२०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग २०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग

२०७७ पुष ५ गते आइतबार

२० डिसेम्बर, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा...

Top