जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार


०३ मे, २०२०
काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा कैदीबन्दीहरु राखिएको जेलमा झडप हुँदा ४७ जनाको ज्यान गएको छ । घटनामा परी ७५ भन्दा बढी घाइते भएको फिलिपिन्सबाट प्रकाशित हुने पोलिटिको डटकमले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । घटनामा ज्यान गुमाउने र घाइते सबै कैदीबन्दी रहेका छन् ।

भेनेजुयलाको सोही स्थानमा रहेको अर्को जेलमा पनि गएसात भएको झडपमा परी कम्तीमा ३० जना कैदीहरुको ज्यान गएको थियो । स्थानीय पोर्टुगुएसा राज्यमा रहेको एउटा जेल तोडेर भाग्ने क्रममा भएको झडपमा उनीहरुको ज्यान गएको बताइएपनि घटनाको बारेमा वास्तविक कारण सार्वजनिक भएको छैन । तर कतिपय अधिकारवादीहरुले भने कैदीबन्दीहरुका परिवारका सदस्यलाई जेलमा आफ्ना आफन्तसँग भेटगर्न रोक लगाएसँगै झडप भएको बताएका छन् । गत शुक्रबार नै घटना घटेको भएपनि ढिलो गरी यो बाहिर सार्वजनिक भएको छ ।

जेलबाट भाग्न खोज्ने क्रममा प्रहरीले हानेको गोली लागेर जेलका इन्चार्ज समेत घाइते भएका छन् । जेल प्रशासनले कोरोना संक्रमणबाट बच्नका लागि भन्दै हालै कैदीबन्दीहरुका आफन्तलाई तत्काल जेल भ्रमणमा रोक लगाएसँगै यो घटना भएको हो । सरकारको यो निर्णयप्रति कैदीहरु असन्तुष्ट रहेको कारण जेल प्रशासन, कैदी र सुरक्षाकर्मीबीच झडप भएको अनुमान गर्न सकिन्छ ।

घटनाको विषयमा छानबिन गर्न राष्ट्रसंघीय मानवअधिकार आयोगले भेनेजुयला सरकारलाई आग्रह गरेको छ । घाइते कैदीबन्दीहरुको कडा सुरक्षा निगरानीका साथ स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ । प्रदर्शनकारी जेलमा रहेकाहरुका आफन्तलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रुग्याँस प्रहार गरेको थियो । अघि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय...

अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल

२०७७ पुष २५ गते शनिबार

२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...

तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...

नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

Top