जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार


०३ मे, २०२०
काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा कैदीबन्दीहरु राखिएको जेलमा झडप हुँदा ४७ जनाको ज्यान गएको छ । घटनामा परी ७५ भन्दा बढी घाइते भएको फिलिपिन्सबाट प्रकाशित हुने पोलिटिको डटकमले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । घटनामा ज्यान गुमाउने र घाइते सबै कैदीबन्दी रहेका छन् ।

भेनेजुयलाको सोही स्थानमा रहेको अर्को जेलमा पनि गएसात भएको झडपमा परी कम्तीमा ३० जना कैदीहरुको ज्यान गएको थियो । स्थानीय पोर्टुगुएसा राज्यमा रहेको एउटा जेल तोडेर भाग्ने क्रममा भएको झडपमा उनीहरुको ज्यान गएको बताइएपनि घटनाको बारेमा वास्तविक कारण सार्वजनिक भएको छैन । तर कतिपय अधिकारवादीहरुले भने कैदीबन्दीहरुका परिवारका सदस्यलाई जेलमा आफ्ना आफन्तसँग भेटगर्न रोक लगाएसँगै झडप भएको बताएका छन् । गत शुक्रबार नै घटना घटेको भएपनि ढिलो गरी यो बाहिर सार्वजनिक भएको छ ।

जेलबाट भाग्न खोज्ने क्रममा प्रहरीले हानेको गोली लागेर जेलका इन्चार्ज समेत घाइते भएका छन् । जेल प्रशासनले कोरोना संक्रमणबाट बच्नका लागि भन्दै हालै कैदीबन्दीहरुका आफन्तलाई तत्काल जेल भ्रमणमा रोक लगाएसँगै यो घटना भएको हो । सरकारको यो निर्णयप्रति कैदीहरु असन्तुष्ट रहेको कारण जेल प्रशासन, कैदी र सुरक्षाकर्मीबीच झडप भएको अनुमान गर्न सकिन्छ ।

घटनाको विषयमा छानबिन गर्न राष्ट्रसंघीय मानवअधिकार आयोगले भेनेजुयला सरकारलाई आग्रह गरेको छ । घाइते कैदीबन्दीहरुको कडा सुरक्षा निगरानीका साथ स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ । प्रदर्शनकारी जेलमा रहेकाहरुका आफन्तलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रुग्याँस प्रहार गरेको थियो । अघि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित) टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...

भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...

३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त ३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...

कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको  अवस्था भयाबह बन्दै कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको अवस्था भयाबह बन्दै

२०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०एन्तोर्पेन, बेल्जियम । कोरोना भाइरसको संक्रमणका कारण...

Top