युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु

Best Khabar Team | २०७७ पुष ८ गते बुधबार


२३ डिसेम्बर, २०२०
जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको छ । आज डिसेम्बर २३ तारिखका दिन यहाँको लुसेर्न नामक शहरकी एक ९० वर्षकी बृद्धालाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएर औपचारिक रुपमा आम नागरिकमा खोप लगाउने अभियान शुरु गरिएको हो ।

अब जनावरी४ तारिखपछि आम नागरिकमा बृहत्रुपमा कोरोना भ्याक्सिन लगाउन शुरु गरिने यहाँबाट प्रकाशित हुने ‘दि लोकल डट सिएच’ले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । युरोपमा कृश्चियन धर्मावलम्बीहरुको महान चाड क्रिशमस तथा अँग्रेजी नयाँवर्ष एक साताको बीचमा परेका कारण र अधिकांश स्थानमा सार्वजनिक विदा हुने कारणले जनवरीको पहिलो साताबाट मात्रै खोप आम नागरिकमा पु-याउने स्विट्जरल्याण्ड सरकारको योजना रहेको छ । यसअघि पूर्व युरोपेली युनियन सम्बद्ध राष्ट्र बेलायतले पहिलोपटक कोरोना भाइरस विरुद्धको खोप आम नागरिकमा लगाउन शुरु गरेको थियो । यस्तै अमेरिका तथा रुसले पनि आफ्ना नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिसकेका छन् । तर युरोपमा पहिलो पटक स्विट्जरल्याण्डले आम नागरिकमा खोप अभियान शुरु गरेको हो ।

‘स्विसमेडिक’ नामक कम्पनीले यहाँको सरकारको अनुमति लिएर आम नागरिकमा खोप लगाउने जिम्मेवारी पाएको छ भने जर्मनी र अमेरिकी कम्पनीले निर्माण गरेको खोप नै स्वीट्जरल्याण्डमा प्रयोगम आएको हो । यसअघि अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोएन टेकले संयुक्त रुपमा निर्माण गरेको खोप हालसम्म बजारमा आएका भन्दा बढी प्रभावकारी र विश्वसनीय रहेको भन्दै विश्व स्वास्थ्य संगठनलगायत नियमक निकायहरुले यसलाई प्रयोग गर्न अनुमति प्रदान गरेको थियो । यो खोप ९५ सम्म प्रभावकारी रहेको विज्ञहरुले बताउँदै आएका छन् । स्विट्जरल्याण्ड सरकारले शुरुमा १० लाख नागरिकलाई यो खोप लगाउने योजना बनाएपनि त्यसमा प्राथमिकताको सूची निर्माण गरेको छ ।

खोप शुरुमा बयोबृद्ध, विरामी तथा अग्रमोर्चामा खटिएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई लगाईने बताइएको छ । त्यसपछि आवश्यकता अनुसार जोखिमपूर्ण समूहको पहिचान गरी विस्तारै आम नागरिकहरुलाई समेत खोपको उपलब्धता गराईने छ । यहाँको सरकारले सबै नागरिकहरुलाई निशुल्क रुपमा खोप उपलब्ध गराउने जनाएको छ । स्वीट्रल्याण्डमा करिब १ करोड खोपहरु अर्डर गरिएको बताइएको छ । युरोपका अन्य देशहरुले पनि डिसेम्बर २७ देखि कोरोना विरुद्धको भ्याक्सिन लगाउन शुरु गर्ने तयारी गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...

प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...

Top