अमेरिकी राष्ट्रपति ट्रम्पले भाईको निधन पछि भने : ‘मेरो सबैभन्दा मिल्ने साथी अब रहेन’

Best Khabar Team | २०७७ श्रावण ३२ गते आइतबार


१६ अगस्ट, २०२०
न्यूर्योक, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोर्बट ट्रम्पको निधन भएको छ । शनिबार न्यूर्योकस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल र सञ्चारकर्मीमाझ औपचारिक घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका भाई रोबर्ट ट्रम्प । फाइल फोटो : इन्टरनेट ।

७१ वर्षका रोबर्ट ट्रम्प पछिल्लो केही महिनायता विरामी रहेको बताईएपनि उनमा के समस्या थियो भन्ने विषयमा अहिलेसम्म केही खुलाईएको छैन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले पनि यसको औपचारिक पुष्टि गरेको छ । भाईको मृत्युहुनु केही समय अघिमात्रै शनिबार ट्रम्पले भाईलाई गएर अस्पतालमा भेटेका थिए ।

त्यसलगत्तै उनले आफ्नो भाई जीवनसँग अन्तिम संघर्ष गरिरहेको र अत्यन्तै कठिन परिस्थितिसँग जुधिरहेको बताएका थिए । आफ्नो जीवनमा सबैभन्दा मिल्ने साथीको भाई रोबर्ट भएको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । अब उसलाई कहिल्यै आफूले भेट्न नपाउने भन्दै उनले दुःख समेत व्यक्त गरेका छन् । ट्रम्पले अस्पतालमा गएर भाईलाई भेटेको केही घण्टापछि नै रोबर्टको निधन भएको अस्पतालले जनाएको छ । घरजग्गामा गरिने लगानी र त्यसको व्यवस्थापनलगायतका काममा पछिल्लो समयमा रोबर्ट सक्रिय रहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भाई रोबर्ट ट्रम्पसँग । फाइल फोटो : इन्टरनेट ।

विगत केही महिनादेखि रोबर्टले विरामीका कारण पटक पटक अस्पतालमा गएर उपचार गराईरहेका थिए । उनमा के समस्या थियो भन्ने विषयमा अहिलेसम्म जानकारी प्राप्त हुन नसकेको सिएनएनले पनि आफ्नो अनलाईन समाचारमा उल्लेख गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...

अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’ सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका...

Top