Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको चरम अभाव भै रहेको मौका छोपेर महंगो मुल्यमा मास्क बेच्ने योजनामा रहेका ८ जनालाई प्रहरीले काठमाडौं पक्रेको छ । महानगरीय प्रहरी परिसरले दिएका जानकारी अनुसार विशेष सूचनका आधारमा प्रहरीले काठमाडौंको डल्लुबाट मञ्जुश्री सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ्, रोशी ९ का मानकाजी लामा, गणेश तामाङ्ग, काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ बस्ने अनिश कार्की, उज्ज्वल अधिकारी, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, तथा रामेछापका शिव खड्का रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ७८ हजार २ सय ५० वटा सर्जिकल मास्क बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार मञ्जुश्री सप्लायर्सका तामाङ्ग र मध्यथस्कर्ताबीच सो माक्स विभिन्न पसलमा पु-याउने र त्यसलाई प्रतिमाक्स ० का दरले बेच्ने गरी तयारी भै रहेको थियो । स्मरणीय के छ भने सो माक्सको बजार मुल्य बढीमा ३ देखि ४ रुपैया पर्दछ ।
पछिल्लो समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि चिकित्सकहरुले माक्स प्रयोग गर्न सुझाव दिएपछि पछिल्लो २ सातायाता काठमाडौंलगायत देशका विभिन्न स्थानमा सर्जिकल माक्सको चरम अभाव देखिएको छ । भेटिएका माक्सपनि ५० देखि १ सय रुपैयाँसम्ममा कालोबजारी गरी विक्री वितरण भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो
२०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...
सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
२०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । डिउटी सकेर घर फर्कने...
Top