७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार


१४ मार्च, २०२०
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको चरम अभाव भै रहेको मौका छोपेर महंगो मुल्यमा मास्क बेच्ने योजनामा रहेका ८ जनालाई प्रहरीले काठमाडौं पक्रेको छ । महानगरीय प्रहरी परिसरले दिएका जानकारी अनुसार विशेष सूचनका आधारमा प्रहरीले काठमाडौंको डल्लुबाट मञ्जुश्री सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ्, रोशी ९ का मानकाजी लामा, गणेश तामाङ्ग, काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ बस्ने अनिश कार्की, उज्ज्वल अधिकारी, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, तथा रामेछापका शिव खड्का रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ७८ हजार २ सय ५० वटा सर्जिकल मास्क बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार मञ्जुश्री सप्लायर्सका तामाङ्ग र मध्यथस्कर्ताबीच सो माक्स विभिन्न पसलमा पु-याउने र त्यसलाई प्रतिमाक्स ० का दरले बेच्ने गरी तयारी भै रहेको थियो । स्मरणीय के छ भने सो माक्सको बजार मुल्य बढीमा ३ देखि ४ रुपैया पर्दछ ।

पछिल्लो समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि चिकित्सकहरुले माक्स प्रयोग गर्न सुझाव दिएपछि पछिल्लो २ सातायाता काठमाडौंलगायत देशका विभिन्न स्थानमा सर्जिकल माक्सको चरम अभाव देखिएको छ । भेटिएका माक्सपनि ५० देखि १ सय रुपैयाँसम्ममा कालोबजारी गरी विक्री वितरण भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो

२०८० आश्विन २३ गते मंगलबार

१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो

२०७७ मंशिर १६ गते मंगलबार

०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...

इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका...

पोखरामा सडक महोत्सवको रौनकता पोखरामा सडक महोत्सवको रौनकता

२०७६ पुष १६ गते बुधबार

०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...

Top