Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त सिंह राजपुत आज मृत अवस्थामा भेटिएका छन । भारतमा जारी लकडाउनका कारण विगत लामो समयदेखि मुम्बईस्थित आफ्नै घरमा बस्दै आएका सिंहको शव आज बिहान झुण्डिएको अवस्थामा उनकै घरमा भेटिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले उनले आत्महत्या गरेको बताएपनि प्रहरीले भने घटना शंकास्पद रहेकोले शवको पोष्टमार्टमपछि मात्रै कारण बताउन सकिने जनाएको छ । कतिपयले उनी लामो समयदेखि डिप्रेसनमा रहेको र औषधी सेवन गरिरहेको बताएका छन् । उनी मुम्बईको बान्द्रा शहरस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । लामो समय टेलिभिजनमा काम गरेका सिंहले पछिल्लो समयमा बलिउड क्षेत्रमा चर्चित अभिनेताको रुपमा परिचित थिए ।
उनीद्वारा अभिनित ‘छिछोरे’ ‘पिके’, ‘केदरनाथ’, ‘सोनचिडैया’ ‘एम.एस धोनी’ लगायतका दर्जनौ चलचित्रहरुले बलिउडप्रेमीहरुको मन जितेको थियो । उनको निधनले बलिउडप्रेमीहरु स्तब्ध बनेका छन् । ३४ वर्षका राजपूत पछिल्ला दिनमा बलिउड क्षेत्रमा अत्यन्तै सफल नायकको रुपमा परिचित थिए । उनकी आमाको मृत्यु भै सकेको छ भने बुबा उनीसँगै बस्दै आएका थिए । तर घटना हुँदा उनका बुबा भने पटनास्थित आफ्नै घरमा बस्दै आएको बताइएको थियो ।

स्मरणीय के छ भने जुन ८ तारिखका दिन सुसान्तकी पूर्व म्यानेजरको रुपमा कार्यरत दिशा सालियनले पनि मुम्बईमा रहेको आफ्नै अपार्टमेन्टको १४ औं तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् । २८ वर्षकी दिशाले किन आत्महत्या गर्न पुगिन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका...
नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त
२०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...
नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै...
एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...
Top