अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार


आक्रमण भएको यहुदी धर्मगुरुको घर

२९ डिसेम्बर, २०१९
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी धर्मका एक धर्मगुरु रहँदै आएको घरमा घरमा गएराति भएको छुराकाण्डमा ६ जना घाइते भएका छन् । न्यूयोर्कको मोन्सेमा रहेका यहुदी धर्मगुरु रब्बीको घरमा यहुदीहरुको एक पर्व मनाउने क्रम चलिरहेका बेला एक्कासी छुरा आक्रमण भएको हो । सो आक्रमणमा परी घाइते भएका मध्ये केहीको शरीरमा गम्भीर चोट लागेको छ । घाइतेहरुलाई न्यूयोर्क सिटीको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

पछिल्ला केहीदिनयता सो क्षेत्रमा आक्रमणकारीहरुले सानातिना वितण्डाहरु मच्चाईरहेका छन् । तर, यो पछिल्लो केही समयता सो क्षेत्रमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमण हो । सो सँगै प्रहरीले सो क्षेत्रमा सुरक्षा गस्ती समेत बढाएको जनाएको छ । आक्रमणकारीहरु गएराति १० बजे धर्मगुरुको घरमा प्रवेश गरेलगत्तै आक्रमण भएको थियो ।

आक्रमण भएको सो घर यहुदीहरुले वर्षौदेखि आफ्नो धार्मिक कार्यक्रमहरु गर्ने गरेको स्थानको रुपमा परिचित छ । आक्रमण हुँदा यहुदीहरुको एक धार्मिक कार्यक्रम चलिरहेको थियो । घटनालगत्तै प्रहरीले सो क्षेत्रलाई नियन्त्रणमा लिएर आक्रमणकारीहरुको खोजी कार्य तीव्र बनाएको छ । घटनाको न्यूर्योक सिटी प्रमुख तथा स्थानीय विभिन्न धर्म र सम्प्रदाय सम्बन्ध व्यक्ति र संस्थाहरुले विरोध जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

सर्वोच्चले सरकारलाई भन्यो :  जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...

३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते ३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...

Top