Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नराम्ररी थला परेको राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेललाई पुरानै गतिमा फर्काउन तथा व्यवसायी र घरधनीको समस्या समाधानका लागि पहल शुरु भएको छ । ठमेलका घरधनी तथा पर्यटन व्यवसायीहरुको छाता संगठन ‘ठमेल पर्यटन विकास परिषद’ले यसको नेतृत्व गर्दै यसबीचमा उपत्पन्न परिस्थिति र समाधानको उपायको लागि भन्दै समिति गठन गरेरै काम थालेको छ ।

ठमेल पर्यटन विकास परिषद्ले उपाध्यक्ष भविश्वर शर्माको संयोजकत्वमा घरभाडा व्यवस्थापन समिति गठन गरी धरधनी र व्यवसायी दुबैका लागि सहज र प्रभावकारी हुने विभिन्न उपायको खोजीकार्य अघि बढाएको छ । कोरोनाको संक्रमणबाट विश्व समुदाय नै नराम्ररी प्रभावित भएको अहिलेको अवस्थामा समितिले विशेषतः काठमाडौंको ठमेल क्षेत्रमा देखिएको व्यवसायी र धनधनीको समस्या समाधानका सरोकारवालाहरुसँग सुझाव संकलन थालेको छ । सुझाव संकलनपछि सबैलाई मान्य हुने एउटा मापदण्ड ल्याएर ठमेललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल गरिने समितिका संयोजक भविश्वर शर्माले बेस्टखबरलाई जानकारी दिए ।
शर्माले भने –‘आजको दिनमा देखिएको यो समस्या ठमेलको कुनै एउटा व्यवसायी र घरधनीको मात्र नभै सिँगो देश र विश्वमै देखिएको साझा समस्या हो । हामी सबै मिलेर होस्टेमा हैंसै गर्दै अघि बढ्न सकेको खण्डमा मात्रै ठमेलका घरधनी, व्यवसायी र सिँगो ठमेल रहन सक्छ । त्यहि सोचले अभिप्रेरित भएर काम अघि बढेको छ ।’ संयोजक शर्माका अनुसार कोरोना भाइरसका कारण पर्यटकीय गतिविधि ठप्प बनेको ठमेलमा विगत ३ महिना यता व्यवसाय सञ्चालन नहुँदा अधिकांश व्यवासयीले घरभाडा तिर्न सकेका छैनन् ।

कतिपय व्यवसायी ठमेलबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । लकडाउनका कारण व्यवसाय सञ्चालन नहुँदा र घर भाडा प्राप्त नहुँदा घरधनीहरुले पनि बैंकको किस्ता र अन्य खर्च तिर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा घरधनी र व्यवसायीबीच दुरी बढाउनु भन्दा मिलेरै सबैले समाधान गर्नु उत्तम हुने देखेर अभियान शुरु भएको शर्माले बताए । समितिले आफ्ना राय सुझाव समितिसमक्ष पेश गर्न र भोलिका दिनमा ठमेलमा पूर्ववत रुपमै व्यवसाय सञ्चालन गर्ने यो अभियानमा सहयोग गर्न सबै व्यवसायी तथा घरधनीलाई अनुरोध गरेको छन् । ठमेल क्षेत्रका करिब २ हजार घरमा पर्यटक केन्द्रीत करिब ८ हजारवटा व्यवसायहरु सञ्चालनमा रहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

हवाईमार्गबाट आउने पर्यटक काठमाडौं विमानस्थलमा उत्रिएपछि अधिकांशले ठमेलमा पाइला टेकेकै हुन्छन् । त्यसैले काठमाडौंको ठमेल क्षेत्र मुलुककै प्रमुख पर्यटकीय केन्द्रको रुपमा रहि आएको छ । कोरोनाका कारण गरिएको लकडाउन र त्यसपछि उत्पन्न अवस्थाका कारण देशका सबैजसो क्षेत्रको पर्यकीय गतिविधि ठप्प छ । जसका कारण व्यवसायी, पर्यटनकर्मी, पर्यटक मजदुरलगायत यस क्षेत्रमा आश्रित लाखौैंले ठूलो समस्या भोग्नुपरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
New Zealand Natural Disaster : 5 Dead and many mising
२०७६ मंशिर २३ गते सोमबार
09, Dec, 2019 New Zealand, At least five people...
काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...
Top