Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०
सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय वासिन्दाबीच भएको झडप र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाकै समयमा स्थानीय वासिन्दा रातो मत्स्येन्द्रनाथको रथयात्रामा सहभागी भएपछि आज दिउँसो ललितपुरको पुल्चोकमा रथयात्रामा सहभागी र प्रहरीबीच झडप भएको थियो ।

रथ तान्न भेला भएकाहरुलाई त्यहाँबाट धपाउन प्रहरीले अश्रुग्याँस र पानीको फोहोरासमेत प्रहार गरेको थियो । घटनामा रथयात्रामा सहभागी र सुरक्षामा खटिएका प्रहरी दुबैतर्फ केही घाइते समेत भएका छन् । त्यसपछि उत्पन्न परिस्थिति र सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले भोलि (शुक्रबार) बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरपालिका क्षेत्रभित्र १८ घण्टे कर्फ्यू आदेश जारी गरेको हो ।

घटनापछि उत्पन्न परिस्थिति, भावी सुरक्षालगायतलाई लिएर जिल्लाका सुरक्षानिकाय, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको भर्चुअल बैठकपछि जिल्लामा भोलि कर्फ्यू आदेश जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कफर्यु उल्लंघन गर्नेमाथि गोलीसमेत प्रहार गर्नसक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...
कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...
त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ
२०७६ असार ४ गते बुधबार
१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...
Top