Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक तत्काल चिन नजाने भएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको ‘कर्तुत’का बारेमा नेपाल सरकारले अनुसन्धान गरिरहेको भन्दै यो कार्य नसकुञ्जेल आफूहरुले चिनियाँ नागरिकलाई स्वदेश फिर्ता नगराउने बताएको हो ।
नेपालमा आएर कानुनी रुपमा काम गरिरहेका चिनियाँ नागरिककै इज्यतमाथि धावा बोल्ने गरी केही चिनियाँ नागरिकले गलत काम गरिरहेको भन्दै उनीहरुको कसुर सार्वजनिक नहुञ्जेल उनीहरुलाई स्वदेश फिर्ता नगराउने नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बताउनुभयो । राजदूत होउले टुरिष्ट बनेर नेपाल छिर्नेर र कम्युटरजन्य अपराध गरेकाले उनीहरुलाई उन्मुक्ति दिन नसकिने चिनियाँ दुतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले नेपाल आएर अबैध काम गर्ने केही चिनियाँ नागरिकका गलत काम कारबाहीका कारण चिनिया नागरिक र सिँगो चिनको समेत बेइज्यत भएका कारण आफूहरुकै आग्रहमा नेपाल प्रहरीले सर्च अपरेशन गरेको बताउनुभयो । चिनियाँ नागरिककै सूचनाका आधारमा दुतासावले ती चिनियाँ नागरिकलाई पक्राउ गर्न नेपाल प्रहरलाई अनुरोध गरेको दुतावासको भनाई छ ।
हाल पक्राउ परेका चिनिया नागरिकहरुहरु अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न हिरासतमा छन् । केही साता अघि काठमाडौंका आधादर्जन स्थानमा लाखौं मूल्य तिरेर घर नै भाडामा लिएर चिनियाँ नागरिकहरुले ‘साइबर क्राईम’ गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरीले सर्च अपरेशन गरी १ सय २२ चिनियाँ नागरिकलाई पक्रेको थियो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ८ सय थान मोबाइल २ सय ८० थान कम्प्युटरसमेत बरामद गरेको थियो ।
नेपालमा अबैध कार्य गरेको आरोपमा यति धेरै संख्यामा विदेशी नागरिक एकैपटक पक्राउ परेको यो पहिलो घटना हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...
‘सन्नी लियोनीको अभिनय रहेको नेपाली फिल्म युट्बमा (फिल्मसहित)
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । थुप्रै निलो चलचित्रहरुमा अभिनय...
प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का...
क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...
Top