Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक तत्काल चिन नजाने भएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको ‘कर्तुत’का बारेमा नेपाल सरकारले अनुसन्धान गरिरहेको भन्दै यो कार्य नसकुञ्जेल आफूहरुले चिनियाँ नागरिकलाई स्वदेश फिर्ता नगराउने बताएको हो ।
नेपालमा आएर कानुनी रुपमा काम गरिरहेका चिनियाँ नागरिककै इज्यतमाथि धावा बोल्ने गरी केही चिनियाँ नागरिकले गलत काम गरिरहेको भन्दै उनीहरुको कसुर सार्वजनिक नहुञ्जेल उनीहरुलाई स्वदेश फिर्ता नगराउने नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बताउनुभयो । राजदूत होउले टुरिष्ट बनेर नेपाल छिर्नेर र कम्युटरजन्य अपराध गरेकाले उनीहरुलाई उन्मुक्ति दिन नसकिने चिनियाँ दुतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले नेपाल आएर अबैध काम गर्ने केही चिनियाँ नागरिकका गलत काम कारबाहीका कारण चिनिया नागरिक र सिँगो चिनको समेत बेइज्यत भएका कारण आफूहरुकै आग्रहमा नेपाल प्रहरीले सर्च अपरेशन गरेको बताउनुभयो । चिनियाँ नागरिककै सूचनाका आधारमा दुतासावले ती चिनियाँ नागरिकलाई पक्राउ गर्न नेपाल प्रहरलाई अनुरोध गरेको दुतावासको भनाई छ ।
हाल पक्राउ परेका चिनिया नागरिकहरुहरु अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न हिरासतमा छन् । केही साता अघि काठमाडौंका आधादर्जन स्थानमा लाखौं मूल्य तिरेर घर नै भाडामा लिएर चिनियाँ नागरिकहरुले ‘साइबर क्राईम’ गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरीले सर्च अपरेशन गरी १ सय २२ चिनियाँ नागरिकलाई पक्रेको थियो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ८ सय थान मोबाइल २ सय ८० थान कम्प्युटरसमेत बरामद गरेको थियो ।
नेपालमा अबैध कार्य गरेको आरोपमा यति धेरै संख्यामा विदेशी नागरिक एकैपटक पक्राउ परेको यो पहिलो घटना हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...
महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ
२०७६ पुष १६ गते बुधबार
शब्द तथा तस्वीर : पि.एल. तरंग कुनै जमना थियो,...
गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि
२०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...
Top