फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

Best Khabar Team | २०७७ आश्विन २२ गते बिहिबार


०८ अक्टोबर, २०२०
हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक मुलुक फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्रीले एकदिनका लागि आफूभन्दा आधा उमेर कम भएकी एक किशोरीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएकी छन् ।

फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्री सन्ना मारिन र १६ वर्षकी किशोरी आभा मुर्तो

फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्री सन्ना मारिनले आभा मुर्तो नामकी एक १६ वर्षकी किशोरीलाई राष्ट्रसंघले मनाउने बालिका दिबसको अवसर पारेर बुधबार (अक्टोबर ०७ ) का दिन प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन् । विश्वमा लैङ्गिक समानता कायम गर्न किशोरकिशोरीलाई प्रविधिमैत्रि बनाउने उद्देश्यले यो जिम्मेवारी प्रदान गरिएको फिनल्याण्ड सरकारले जनाएको छ । उनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएपनि उनलाई कुनै नीतिगत तथा राजनीतिक निर्णयको अधिकार दिइएको थिएन ।

बुधबार आयोजित एक कार्यक्रममा विश्वका विभिन्न मुलुकबाट सहभागीहरुसमक्ष आभाले आफ्नो विचार व्यक्त गरेकी थिइन् । ‘गल्स टेकओभर’ नामक यो कार्यक्रमले विशेष गरी राज्यको हरेक निकायमा महिला र लैङ्गिक समानताको सुनिश्चितता गर्नका लागि अन्र्तराष्ट्रिय रुपमा दबाब सिर्जना गर्दै आएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

Top