जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको युरोपेली मुलुक जर्मनीको हेसेन राज्यका अर्थमन्त्रीको शव स्थानीय रेलवे स्टेनमा भेटिएको छ । ५४ वर्षका अर्थमन्त्री थोमस स्केफरको शव गएराति स्थानीय रेलवे स्टेशनमा भेटिएको थियो । उनलाई नजिकबाट चिन्नेहरुले कोरोना भाइरसको पछिल्लो महामारी र त्यसबाट जर्मनीलगायत विश्व अर्थतन्त्रमा पर्नसक्ने असरका बारेमा उनी बढी नै चिन्तित देखिएका थिए ।

वित्तमन्त्रीको निधनबाट आफूहरु स्तब्ध भएको भन्दै सो राज्यका प्रमुख भोल्केर बोउफियारले घटना अकल्पनिय भएको बताएका छन् । उनले पछिल्ला दिनहरुमा राज्यमन्त्री कारोनाप्रति अत्यन्तै चिन्तित रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि केही सञ्चारमाध्यमले भने उनले कोरोनाको संन्त्रासका कारण आत्महत्या नै गरेको उल्लेख गर्दै समाचारहरु संप्रेशित गरेका छन् ।

घटनाको विषयमा आफूहरु आफूहरु प्रतिक्रिया विहिन अवस्थामा रहेको उनको भनाई छ । मृतकको शव हाल स्थानीय अस्पतालमा रहेको र उनको निधनको कारण बारे अनुसन्धान भै रहेको बताइएको छ । अर्थमन्त्री थोमसको स्थायी घर जर्मनीको आर्थिक राजधानीको रुपमा रहेको फ्रायंकफडमा रहेको छ ।

मृतक जर्मनीको हेसेन राज्यका अर्थमन्त्री थोमस ।

यो समाचार तयार पार्दासम्म जर्मनीमा कोरोनाका कारण ४ सय ५५ जनाको ज्यान गएको छ भने ५८ हजार २ सय ४७ जना संक्रमितको आइसोलेसनमा उपचार भै रहेको छ । पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाका कारण २२ जनाको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...

‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी ! ‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

२०७७ जेठ १७ गते शनिबार

युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...

काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...

Top