जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको युरोपेली मुलुक जर्मनीको हेसेन राज्यका अर्थमन्त्रीको शव स्थानीय रेलवे स्टेनमा भेटिएको छ । ५४ वर्षका अर्थमन्त्री थोमस स्केफरको शव गएराति स्थानीय रेलवे स्टेशनमा भेटिएको थियो । उनलाई नजिकबाट चिन्नेहरुले कोरोना भाइरसको पछिल्लो महामारी र त्यसबाट जर्मनीलगायत विश्व अर्थतन्त्रमा पर्नसक्ने असरका बारेमा उनी बढी नै चिन्तित देखिएका थिए ।

वित्तमन्त्रीको निधनबाट आफूहरु स्तब्ध भएको भन्दै सो राज्यका प्रमुख भोल्केर बोउफियारले घटना अकल्पनिय भएको बताएका छन् । उनले पछिल्ला दिनहरुमा राज्यमन्त्री कारोनाप्रति अत्यन्तै चिन्तित रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि केही सञ्चारमाध्यमले भने उनले कोरोनाको संन्त्रासका कारण आत्महत्या नै गरेको उल्लेख गर्दै समाचारहरु संप्रेशित गरेका छन् ।

घटनाको विषयमा आफूहरु आफूहरु प्रतिक्रिया विहिन अवस्थामा रहेको उनको भनाई छ । मृतकको शव हाल स्थानीय अस्पतालमा रहेको र उनको निधनको कारण बारे अनुसन्धान भै रहेको बताइएको छ । अर्थमन्त्री थोमसको स्थायी घर जर्मनीको आर्थिक राजधानीको रुपमा रहेको फ्रायंकफडमा रहेको छ ।

मृतक जर्मनीको हेसेन राज्यका अर्थमन्त्री थोमस ।

यो समाचार तयार पार्दासम्म जर्मनीमा कोरोनाका कारण ४ सय ५५ जनाको ज्यान गएको छ भने ५८ हजार २ सय ४७ जना संक्रमितको आइसोलेसनमा उपचार भै रहेको छ । पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाका कारण २२ जनाको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भागरथीको हत्यारा को ? भागरथीको हत्यारा को ?

२०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...

सर्लाहीका कोरोना संक्रमित  जनकपुर अस्पतालको आइसोलेसनबाट  फरार, प्रहरी खोजीमा जुट्यो सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो

२०७७ जेठ ११ गते आइतबार

२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...

बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री

२०७९ कार्तिक ७ गते सोमबार

२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा...

Top