Best Khabar Team | २०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९
काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई आगामी १५ दिनभित्र कर चुक्ता गर्न ठूला करदाता कार्यालयले निर्देशन दिएको छ । कार्यालयले आज दोश्रोपटक एनसेलललाई पत्र पठाई १५ दिनभित्र कर चुक्ता नगरे कडा कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको हो ।
लामो समयदेखि सरकारलाई तिर्नुपर्ने कर तिर्न आनाकानी गर्दै आएको निजी मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरेको छैन । यसअघि सवोृच्च अदालतले समेत एनसेलबाट कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको थियो । यो रकममा कर रकमसहित त्यसको साँवा र व्याज संलग्न रहेको बताइएको छ ।

यसअघि सात दिनको समय दिएर कर रकम असुली गर्न सरकारले एनसेललाई ताकेता गरेको थियो । लामोसमयदेखि एनसेलले सरकारलाई तिर्नुपर्ने सरकारी कर तिर्न आनाकानी गर्दै आइरहेका बेला ठूला करदाता कार्यालयले फेरि एनसेललाई पत्र पठाएर यो निर्देशन दिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...
नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई...
कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...
Top