Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । अरु ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार भारतीय नम्बर एस के ०१ पिबी ३०६८ नम्बरको यात्रुबाहक जीप जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको हो । भारतको सिक्किमबाट आफन्तलाई भेटेर फर्कने क्रममा आज बिहान ७ बजे सो जीप दुर्घटनामा परेको बताइएको छ । बाक्लो हुस्सु लागेका कारण जिप चालकले बाटो नदेखेका कारण नियन्त्रण गुमाउँदा जीप दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । गम्भीर घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...
उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...
सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...
अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...
Top